बेलायतका दुर्व्यसनमा नेपाली तन्नेरी


२६ साउन, लन्डन । २८ बर्षीय कुमार लिम्बु (नाम परिवर्तन) साथी भाईको संगतले कुलतमा फसेपछि लागू औषधकै लागि दैनिक ४५ पाउड चाहिने भयो । पैसा नदिए गाडी, धर जलाइलिने धम्की दिने । सुरुमा बुवा आमाले जेनतेन छोराको इच्छा पुर्‍याइदिए तर कहाँ सम्भव हुन्थ्यो र । छोराकै खर्चले घरको मागर्नेज समेत तिर्न धौ धौ परेर उनका बुवा एकपटक बेहोसै भएर ढले, तर उनी सुध्रेनन् । अति भएपछि आफन्तले सरकारी पुनस्थापना केन्द्रमा पुर्‍याइदिए । त्यहाँ पनि तलतल लाग्न छाडेन । अहिले सरकारले हेरोइनको साटो दिने म्याथाडोन सेवन गरिरहेका छन् । कम्तिमा परिवारले खर्च धान्नु परेको छैन । बेलायतमै हुर्केकी २१ बर्षीय रश्मी थापा (नाम परिवर्तन) लागू औषधमा फसेको ३ वर्ष भयो । नेपाल र हङकङबाट आएका लागू औषधमा डुबेका युवासंग हिमचिम भएपछि उनमा पनि लत बस्यो । घर वा अन्यत्र केही सामान भेट्यो कि चोरेर ड्रग्स किन्न गइहाल्ने भएपछि जेलसमेत परिन् उनी । छुटेपछि परिवारले घर छिर्नै दिएन, बेसहारा जस्तै भइन् । साथीभाईको सहयोगमा रसमोर काउन्सिलको सब्स्ट्यान्स मिस युज युनिट पुगिन्, हाल उपचाररत छिन् । जिन्दगीप्रति बढ्दो बितृष्णा, बेरोजगारी र नेपाल हुँदा बुनेको सुन्दर सपना बीचैमा टुटेपछि दिग्दार।ीले दुव्र्यसनी बन्ने नेपाली युवाको प्रतिनिधी हुन् रश्मी र कुमार । अम्मली बढेपछि नेपाली समूदाय र अभिभावक चिन्ति छन् । उनीहरुको कुलत छुटाउन अभिभावक र समूदायको पहल निष्प्रभावी बन्दै गएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ । ह्याम्पसायर ड्रग्स एन्ड अल्कोहल एक्सन युनिटको अध्ययनमा सन् २००८/०९ मा बेलायती युवाभन्दा नेपाली युवा बढी अम्मली भेटिएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.