मोटरसाईकलको ठक्करबाट हवल्दार घाइते

मोटर साईकलको ठक्करबाट हवल्दार ननु महतो गम्भीर घाईते भएको इलाका प्रहरी कार्यालय विष्णुपुरका इन्चार्ज शैलेन्द्र गच्छदारले जानकारी दिए । उनलाई उपचारका लागि अस्पतालमा लगिएको छ ।
सिराहा–चोहर्वा सडकखण्ड अन्तर्गत विष्णुपुर चोकमा ड्यूटीमा रहेका प्रहरी हवल्दार महतोलाई आज (शनिबार) स.४ प १९६५ नम्वरको मोटर साइकलले ठक्कर दिएको थियो ।
संका लागेर मोटर साइकल रोकेर चेकजाँच गर्ने क्रममा भाग्न खोज्दा ठक्कर लागेको थियो ।
प्रहरी हवल्दार महतोसहित मोटर साइकलमा सवार मिर्चैया–६ का विवेक रिषी र कैलाश ठाकुर पनि घाईते भएका छन् ।
0 comments
Write Down Your Responses