चेल्सीद्वारा बार्सिलोनाको प्रस्ताव अस्वीकार


२४ साउन, काठमाडौं । डेभिड लुईसका लागि बार्सिलोनाले अघि सारेको प्रस्ताव चेल्सीले अस्वीकार गरेको छ । बार्सिलोनाले लुईसका लागि ३४.५ मिलियन पाउण्डको प्रस्ताव राखेको थियो । लुईस नबेच्ने भन्दै चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले अर्को प्रस्ताव नल्याउन समेत भनेको डेलिमेलले जनाएको छ । स्पेनिस क्याटलन बार्सिलोनाले भने सेन्ट्रल ब्याक लुईस नाउ क्याम्प आउन चाहेको दावी गरेको छ । बार्सिलोनाले ब्राजिलियन लुईसलाई कप्तान कार्लोस पुयोलको रिप्लेसका रुपमा हेरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.