बर्दीको आडमा अपराध


२३ साउन, काठमाण्डौं । साउन ४ गते इन्द्रध्वज गण झापामा कार्यरत शिवकुमार बुढासहित तीन सैनिक जवान सेतो हेरोइनसहित राजधानीको गोंगबुबाट फक्राउ परे । पुस ९ गते सेनाकै देवीदत्त गणका प्युठ विकास केसी र २५ गते प्राविधिक जमदार पदमबहादुर कार्की हत्या अभियोगमा काठमाण्डौंबाटै पक्राउ परे । चैत २७ गते वैदेशिक रोजगार व्यवसायीलाई धम्की दिँदै फिरौती रकम मागेको अभियोगमा सेनाका जवान अर्जुन घर्ती मगर गोंगबुबाटै समातिए । उता, पुस ६ गते सशस्त्र प्रहरीका डीएसपी हर्क पन्त तस्करीको अभियोगमा सिन्धुपाल्चोकको तातोपानीबाट पक्राउ परे । नीलबाराही गण बलम्बुमा कार्यरत सशस्त्रका जवान कृष्णबहादुर बराम सर्लार्हीकी सुन्तली लामा हत्या अभियोगमा जेठ ९ गते हिरासतमा परे । आर्थिक प्रलोभनमा परेर कैदीलाई गेस्ट हाउससम्म पुर्‍याउने केन्द्रीय कारागार सुरक्षर्थ तैनाथ प्रहरी हवल्दार रामअवतार यादव तथा जवानद्वय भुवन श्रेष्ठ र रमेश थापा मंसिर २२ गते बागबजारबाट पक्राउ परे । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही कर्मचारी सामाजिक तथा आर्थिक अपराधमा संलग्न भएका यी केही उदाहरण हुन् । भन्सा छली लागूऔषध कारोबार, बन्यजन्तु तथा सुन तस्करी, अपहरण, फिरौती असुल, चोरी/डकैतीलगायत सामाजिक, आर्थिक तथा संगठित अपराधमा सुरक्षाकर्मीको संलग्नता एकपछि अर्को हुँदै बढ्न थालेको कारोबार दैनिकमा खबर छ । अपराधमा संलग्न अभियुक्तमाथि सम्बन्धित सुरक्षा निकायबाट भएका विभागीय तथा अदालती कारबाहीको तथ्यांकले बर्दीको आडमा अपराध कति हुँदो रहेछ भन्ने डरलाग्दो चित्र देखिन्छ । गएको वर्ष आचरण/अनुशासन उलंघन तथा अपराधमा संलग्न करिब २४ सय सेना प्रहरी कारबाहीमा परेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.