डाक्टर पढ्ने विद्यार्थी एक हप्तादेखि बेपत्ता
चितवन — चितवन मेडिकल कलेज भरतपुरमा एमबीबीएस तेस्रो वर्षको दोस्रो ब्यचामा अध्ययनरत विद्यार्थी निर्मल भट्टराई एक हप्तोदेखि बेपत्ता भएका छन्। घरबाट कलेज जान हिँडेका उनी आइतबार साँझ चार बजेदेखि बेखबर बेपत्ता भएका हुन्। एक हप्तादेखि हराइरहेका विद्यार्थी नखोजिएको भन्दै उनका सहपाठी विद्यार्थी तथा कलेज प्रशासनले शुक्रबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्।
खोजीमा दबाव दिँदै उनीहरुले प्रहरीसँग छिटोभन्दा छिटो विद्यार्थीको अवस्थाबारे जानकारी दिन माग गरेका छन्।
हराएको ६ दिन हुँदा समेत भट्टराईको कुनै खवर नआएपछि आफूहरु विरोधमै उत्रनु परेको निर्मलका सहपाठी अच्युत खनालले बताए। विद्यार्थीहरुले हराएका विद्यार्थीका बारेमा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी लगायतका स्थानमा विरोध र्याली सहित ज्ञापनपत्र समेत बुझाएका छन्। एकहप्ता वित्दा पनि कुनै जानकारी समेत नदिएको भन्दै आक्रोशित विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय अघि नाराबाजी समेत गरेका थिए।
'खोज्दैछौ भन्छन् तर केही पत्तो लागेको छैन,' सहपाठी अच्युतले नागरिकन्युजसँग भने। विद्यार्थीसँगै कलेजका निर्देशक डा.दयाराम लम्साल, संचालक समितिका डा.मोतीलाल चापागाई सहितका कलेज पदाधिकारी प्रहरी कार्यालय पुगेरै हराएका विद्यार्थीको बारेमा सोधपुछ गरेका थिए।
चितवनकै भरतपुर वडानम्बर १२ घर भएका भट्टराई आइतबार कलेजको भरतपुर कैलाशनगर स्थित होस्टेल जान घरबत्राट हिँडेका थिए। सो क्रममा कलेजबाहिरका केही साथीहरुसँग भेटगरी नारायणगढको पुल्चोकस्थित एक होटलमा खाजा खाएका थिए। होटलबाट निकस्केका उनी फेरि फर्केर होटलमै पुगेको प्रत्यक्षदर्शी बताउँछन्।
होटल साहुनीलाई दिदी यो मेरो झोला यही राखिदिनुस आधाघण्टामा आएर लैजान्छु भनेर निस्केका थिए। कलेजको मासिक शुल्कका लागि घरबाट ल्याएको ६५ सयमध्ये ६३ सय उनले होटलमा छाडेको झोला र पर्समै पाइएको छ। तर उनीसँग भएको मोबाइल फोन भने त्यही दिनदेखि स्वीच अफ छ।
छोरा सम्पर्कबिहीन भएपछि घरपरिवारमा पनि चिन्ता छाएको छ। चितवन प्रहरीले भने निर्मलको खोजीकार्यमा अनुसन्धान जारी रहेको जनाएको छ।
'म आएको दिनदेखि नै निर्मलको खोजी भैरहेको छ नयाँ आएका चितवनका एसपी प्रद्धुम्न कार्कीले भने तर कसरी र किन हरा एभने प्रष्ट आधारहहरु भेटिएका छैनन्', कार्कीले भने।
0 comments
Write Down Your Responses