समाचार
»
उपत्यकामै भूमिगत समूहको चुनौती
उपत्यकामै भूमिगत समूहको चुनौती
२६ साउन, काठमाण्डौ । प्रहरीले चुनावको संघारमा उपत्यकाभित्र भूमिगत सशस्त्र समूहका गतिविधि बढ्न सक्ने निष्कर्ष निकालेको एक साता बित्दा नबित्दै यस्ता संगठनका चहलपहल देखिएको छ । चुनावी सुरक्षा रणनीति बनाउन गृह मन्त्रालयले साउन १५ मा राजधानीमा डोकेको सबै सुरक्षा संगठनका प्रमुख र क्षेत्रगत प्रतिनिधि सहभागी छलफलमा तराई, पूर्वी पहाड लगायत उपत्यकाकेन्द्रीत योजना बुन्ने निष्कर्ष दिएको थियो । छलफलमा यस्ता समूहलाई उपत्यका प्रवेशवाट रोक्नु पर्ने निष्कर्ष निकालेको थियो । राजधानीमा सामान्य आपराधिक घटना गराउन सकेमात्र पनि संगठनको नाम चर्चामा आउने र सामान्य घटनावाटै त्रास फैलाउन सकिने देखेर भूमिगत सशस्त्र समूह उपत्यकाकेन्द्रीत विध्वंसात्मक घटनामा केन्द्रीत रहेको प्रहरीको निष्कर्ष थियो । आजको नागरिक दैनिकले समाचार छापेको छ । प्रहरीको आँकलन पुष्टि गर्दै साउन १५ यता मात्रै उपत्यकामा तीनवटा समूह पक्राउ परिसकेका छन् । विभिन्न स्थानमा विष्फोट योजना बुन्दै गरेको अवस्थामा संयुक्त जातीय मुक्ति मोर्चाका वीरेन्द्रकुमार तामाङ, सनबहादुर परियार, सुमन कार्की, निमा शेर्पा, सन्तोष माझी र भानी नाथलाई साउन १८ गते विष्फोटक पदार्थसहित पक्राउ गरिएको हो । उनीहरु मंसिर ४ को संविधानसभाको निर्वाचन लक्षित गरेर शृंखलाबद्ध बम बिष्फोट गराउने उद्देश्यले विभिन्न किसिमका बम बनाउन प्रयोग हुने कच्चा पदार्थ उपत्यका भित्र्याई लुकाई छिपाई राखेको महानगरीय प्रहरी अपराध महाशाखाको निष्कर्ष छ ।
0 comments
Write Down Your Responses