काठमाडौंमा १ सय ५० तोल सुन चोरेर फरार अभियुक्त महोत्तरीमा पक्राउ

श्रावण १८ गते काठमाडौ बलाजुस्थित भद्रकाली सुन पसलबाट १ सय ५० तोल सुन चोरेर फरार रौतहट चपुर–८ पौराहीका २५ वर्षे कलाई फोन कल ट्रेसको अधारमा मंगलबार पक्राउ गरिएको हो। भद्रकाली सुन पसलामा कालिगढको काम गर्दै आएका विश्वकर्मा साहु खाना खान गएको अवसर पारेर तयारी गहनाहरु पोको बनाएर प्रेमिकालाई तत्कालै काठमाडौंबाट लिएर बनेपा, सिन्धुली, हुँदै सर्लाही आएको प्रहरी अनुसन्धानले देखाएको छ।
पक्राउ परेका विश्वकर्मालाई प्रहरी निरीक्षक लालसिंह सुवेदीको नेतृत्वमा खटेको विशेष प्रहरी टोलीले मंगलबार नै काठमाडौ लगेको छ। विश्वकर्माले चोरेको सुन विभिन्न स्थानमा छरेर राखेका थिए। धनुषाको ढल्केबर, महोत्तरीको बर्दिबास र सर्लाही लालबन्दीमा प्रेमिका मेनुका विकलाई दिएको तयारी गहना समेत प्रहरीले संकलन गरेका छन्।
विवाहित बिक्रम मेनुकासँग काठमाडौ बस्दै आएका थिए । मेनुकालाई उनले सुनको ५ औठी, २ सिक्री, २ मंगल सुत्र र चाँदीको २ पाउजु दिएका थिए। कानको गहना मेनुकाले तत्कालै लगाएकी थिइन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका इन्चार्ज दिपक केसीले नागरिकन्युजलाई बताए।
0 comments
Write Down Your Responses