तलब नपाएका १५ सय कामदार कतार दुतावासमा

१८ भदौ, दोहा । कतारस्थित आफूले काम गर्ने कम्पनीले पारिश्रमिकलगायत विषयबाट बञ्चित गरेपछि १ हजार २ सय कामदारले नेपाली दूतावास गुहारेका छन् ।

आफ्नो कम्पनीले तलब नदिएको र खाना पनि स्वास्थ्यकर नभएको भन्दै काम छाडेका मजदुरमाथि धरपकड भएपछि उनीहरुले नेपाली दूतावास गुहारेका हुन् ।

नेपाली मजदुरले आफ्ना समस्याको सुनुवाई हुनुपर्ने माग राखेर शनिबारदेखि काम छाडेका थिए । व्यवस्थापनले वार्तामा आउन मजदुरलाई बोलाएर पाँचजनालाई गिरफ्तार गरेपछि नेपाली कामदार आक्रोशित भएका हुन् ।

मजदुर टोली आइतबार दूतावास पुग्दा आन्दोलनमय बनेको कान्तिपुर दैनिकमा खबर छ । १२ ठूला बसमा खचाखच भरिएका नेपाली कामदार सरासर दूतावास परिसरभित्र छिर्दा दुईतले दूतावास भवन एकैछिनमा भरिएको थियो । जहाँ पाइला राख्ने ठाउँनै थिए ।

भीडमा परिचयपत्र नभएका , ६ महिनासम्म तलब नपाएका, घर जान नपाएका, घरमा बाबुआमा बित्दा समेत र्फकन नपाएका, समयमा उपचार नपाएका पीडितहरु थिए । ‘१ हजार ५ सय जना कामदार आफ्नो गुनासो राख्न आएका हौं,’ भीडको अग्रपंतिमा देखिएका कृष्णकुमार तिमिल्सिनाले भने, ‘हामीमाथि अन्याय भयो ।’
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.