गणितको जाँचबाट बच्न शिक्षिकालाई विष

भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
अमेरिकाको भर्जिनिया प्रान्तको हिन्स मिल्स स्कुलमा गणितको कक्षा जाँचबाट बच्नलाई विद्यार्थीहरूले विषय शिक्षिकाको चियामा विष मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
एबीसी न्युजका अनुसार गणितको रिभ्यूबाट बच्नलाई १३ वर्षे दुई छात्रले गुरुआमा ६६ वर्षे जेन मिलरको चियामा दुईपटक ह्यान्ड सेनिटाइजर (हात धुने लिक्विड साबुन) मिसाए । यसबाट शिक्षिका बिरामी भएपछि गणितको जाँचबाट सहजै बच्न सक्ने ती अबोध बालकहरूले सोचेका थिए ।
चिया पिएर स्वास्थ्य बिग्रेकी मिलरलाई अस्पताल पुर्‍याउनुपरेको थियो । चिकित्सकीय जाँचमा उनको पेटमा उक्त हात धुने रसायन फेला पर्‍यो । प्रहरीले खबर गरेपछि जाँच अधिकृतहरूको एक टिम सोधपुछका लागि विद्यालय पुगेका थिए । अनुसन्धानका क्रममा ती दुई छात्रको बदमासी पत्ता लाग्यो । कडा सोधपुछपछि उनीहरूले विद्यालय व्यवस्थापनसामु अपराध स्वीकारे ।
गुरुआमा मिलरले केही विद्यार्थी गणित जाँचका लागि मानसिक रूपले तयार नरहेको आफूलाई जानकारी भएको बताइन् । तर, उनीहरूको यो गतिविधिबारे आफू अनभिज्ञ रहेको उनले बताइन् ।
ती दुवै छात्रलाई विद्यालयबाट निकाला गरिएको छ । कम्युनिटी स्कुलबाट उनीहरूको पढाइ जारी छ । प्रहरीले उनीहरूमाथि षड्यन्त्र रचेको र विष खुवाएको आरोपमा उजुरी दर्ता गरेको छ । अभियोग प्रमाणित भएमा उनीहरूलाई पाँच वर्ष कैद र एक लाख डलर जरिवाना हुनेछ ।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.