मलेशियामा नेपालीका कमाउने अनेक काइदा
भिडियो हेर्न तल क्लिक गर्नुहोला :
विदेशको काम । कति बेला ड्यूटी सकिएला र होस्टलमा पुगेर आराम गरौंला भन्ने ध्यान हरेक कामदारको हुन्छ । तर परदेशको ठाउँमा कम्पनीमा मात्र काम गरेर केही बचाउन नसकेपछि नेपालीहरुले फुर्सदको बेला अरु नै ब्यापार व्यवसाय पनि गर्ने गरेको पाइन्छ ।
यसरी काम गर्ने कतिले त नेपालीहरुलाई नै सेवा दिँदै धेर थोर आम्दानी पनि गरिरहेका छन् । मलेशियामा यसरी अतिरिक्त आम्दानीको बाटो पहिल्याएका २ श्रमिकको कथा उहाँहरुकै शब्दमा :
पुर्णबहादुर गुरुङ/इलाम

मोटरमा लाग्ने बिभिन्न पार्टपुर्जा बनाउने यो कम्पनीमा पसिनै पसिनै हुने गरी एकछिन बस्न समेत नपाई दैनिक १२ घण्टा काम गर्छु । त्यसरी काम गर्दा सोचे अनुसारको रकम हात पदैउन । त्यसैले फुर्सको बेला कपडा ब्यापार गर्छु । म सँगैका कतिपय साथीहरु होस्टलमा पुगेर आराम गरिरहेका हुन्छन् । तर मलाई आराम गरौं जस्तो लाग्दैन ।
साथीले फोनबाटै मलाई यस्तो कपडा चाहियो भनेर अर्डर गर्छन । काम सकेपछि म कपडाको पोको बोकेर साथीहरुको होस्टल होस्टलमा पुग्छु । धेरै नाफा लिन्न । ब्यापार पनि त्यति ठूलो होइन । यहाँका पसलमा गएकार किन्न नसक्ने वा नजान्ने साथीहरुलाई सहयोग पनि हुने र दुई चार पैसा भए पनि हात पार्ने उद्देश्यले मैंले यो काम थालेको हो ।
कपडासँगै यही मलेसियाबाट निस्किने नेपाली पत्र पत्रिका र मोबाइलका कभर, रिचार्ज कार्ड पनि लगिदिन्छु । साथीहरु पनि खुसी हुन्छन् । सुरुमा अप्ठ्यारो थियो । अहिले त फोनमै अर्डर आउँछ । धेरैलाई चिनेको पनि छु । भिडियो हेर्न तल क्लिक गर्नुहोला :
0 comments
Write Down Your Responses