इन्टरनेटका कारण प्रसिद्ध बनेको……..

भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :

हलिउडकी रियालिटी टिभी स्टार तथा सुपरमोडल किम कार्डसियनले आफू इन्टरनेटका कारण प्रसिद्ध बनेको बताएकी छन् । आफ्ना फ्यानसित दिनैपिच्छे हुने अन्तरक्रियाले सफलता मिलेको उनले जनाएकी हुन् । विश्वकै सर्वाधिक परिचित महिलाको सूचीमा पर्ने ३१ वर्षे कार्डसियनले आफ्नो प्रसिद्धिमा सामाजिक सञ्जाल फेसबुक र ट्विटरको महत्वपूर्ण हात रहेको समेत खुलाइन् । ‘मलाई लाग्छ कि हामीले फ्यानसित नियमित सम्पर्क गर्ने माध्यम नै इन्टरनेट हो । इन्टरनेटले विभिन्न किसिमका सेलीब्रेटीलाई अगाडि बढ्न प्रमुख भूमिका खेलेको छ’, उनले भनेकी छन्– ‘हामी कहाँ छौं र को हौं भन्ने कुरा बुझिसकेका छौं । हामी ट्विटर र फेसबुक पेजमा निकै क्रियाशील छौं । हामी लेख्छौं, जसमा फ्यानले प्रतिक्रिया जनाउँछन् । वास्तवमा भन्ने हो भने सम्पर्क सूत्रको माध्यम नै अन्तरक्रिया हो, जुन इन्टरनेटबाट पाएका छौं।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :

,

0 comments

Write Down Your Responses

Powered by Blogger.