'बहुमुखी प्रतिभावान' हाछेथुको सरुवा प्रकरण
काठमाडौं, चैत १८ (नागरिक)- लामो समयदेखि ट्राफिकमा हालीमुहाली गर्दै आएका सीताराम हाछेथुको सरुवाले उनी निकट प्रहरी नेतृत्वप्रति रुष्ट बनेका छन्। संगठनभित्र चलाख अधिकारीका रुपमा चिनिएका उनले दरवारमार्ग ट्राफिक प्रभागको भवनलाई हतियार बनाएर
आफ्नो सरुवा रोक्न भरमग्दुर प्रयास गरे पनि लामो समयदेखि सरुवा नभएका उनलाई एकै ठाउँमा राख्दा अरुमाथि अन्याय हुने भन्दै प्रहरी नेतृत्वले शुक्रबार उनको सरुवा गर्दै सुरक्षा महाशाखा पुर्याएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्वसमेत आइजीपी कुवेर रानासँग रुष्ट भएको छ।
स्रोतका अनुसार यसअगाडिको सरुवामा नै हाछेथुलाई दरवारमार्गबाट अन्यत्र सरुवाको प्रयास भएको थियो। तर महाशाखाका प्रमुख उपेन्द्रकान्त अर्यालको अनिच्छाका कारण उनको आयु लम्बियो। जहाँ दरबन्दी हुन्छ, त्यहाँ प्रहरी भवन बनाउन तत्पर हुने हाछेथुले ट्राफिकको आडमा गर्ने कमाउधन्दाबारे संगठनका अधिकांश जानकार छन्। कोटेश्वरमा ट्राफिक प्रहरी भवन बनाएर वाहवाही कमाए पनि त्यसको आडमा उनले गरेको आर्थिक अनियमितताबारे तत्कालीन प्रहरी नेतृत्वसमेत जानकार भए पनि कारबाही भने हुन सकेन। उनले ट्राफिक सूचनामूलक सामग्रीको आडमा होर्डिङ बोर्ड, सडक डिभाइडरहरु राख्ने बहानामा निजी कम्पनीसँग मिलेर आर्थिक लाभ लिँदै आएका छन्।
उनी जहाँ जान्छन्, सो क्षेत्रका व्यापारीसँग कार्यालयलाई सहयोग भन्दै व्यक्तिगत सुविधाका सामग्री किन्न लगाउँदै आएका छन्। 'उनको दरवारमार्गको कार्यालयका सामग्रीहरु प्रहरी महानिरीक्षकको सचिवालयमा समेत छैन,' स्रोतले भन्यो, 'हाकिम रिझाउँदै ट्राफिकको नाम भजाएर आर्थिक लाभ लिन उनी सबैभन्दा अगाडि छन्।'
केन्द्रीय अनुसन्धान ब्युरोबाट ट्राफिक महाशाखाको प्रमुखमा सरुवा भएपछि अर्यालले अन्य ट्राफिक प्रभाग प्रमुखलाई कडाई गरे पनि उनलाई भने सबै विषयमा छुट दिँदै आएका थिए। उनले ट्राफिक सप्ताहमा हाछेथुलाई उत्कृष्ठ प्रहरीका रुपमा सम्मान गर्दा अन्य ट्राफिक प्रभागका प्रमुख जिल्लिएका थिए।
तुलनात्मकरुपमा आर्थिक मामिलामा विवादरहित देखिएका अर्यालले पनि हाछेथुलाई साथ दिँदा उनी निकट प्रहरीसमेत असन्तुष्ट थिए। 'हेर्दा प्रहरी कार्यालय बनाइरहेका छन् भन्ने देखिए पनि उनले एउटा कार्यालय बनाउँदा आफ्ना लागि अर्को घर बनाउने रकम जोहो गर्ने गरेको संगठनभित्र लुकेको विषय हैन,' हाछेथुको कामबारे जानकार एक प्रहरीले नै भने, 'उनले भवन निर्माणको एउटै कामका लागि तीन ठाउँबाट स्रोत जुटाउँछन्, एउटा स्रोत भवनमा खर्च हुन्छ, बाँकी उनको व्यक्तिगत सम्पत्ति बन्छ।'
सडकछेउमा राखिने गाडीबाट उनले पार्किङबापत भन्दै रकम असुल्ने गरेको महाशाखामा गुनासो पुगे पनि महाशाखाको नेतृत्वले उनलाई छुट दिँदै आएको थियो। आर्थिक अनियमिततामा मुछिएका यसअगाडिका महाशाखाका प्रमुख गणेश राईसँग पनि उनी निकै निकट थिए। अर्याल आएपछि पनि महाशाखा प्रमुखसँगको उनको निकटता नटुटेको महाशाखाका एक अधिकारीले बताए।
भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा रहेका अर्याल महाशाखा आएपछि प्रभावकारी काम हुने भनिए पनि 'हल्ला गर्ने' बाहेकका ठोस कुनै काम नहुँदा प्रहरी नेतृत्व अर्यालप्रति रुष्ट रहेको सचिवालय स्रोतले बतायो। मापसेविरुद्धको अभियानलाई कडाई गर्दै सवारी चालक अनुमतिपत्र प्वाल पार्न सुरु गरेको अभियान, ट्याक्सीविरुद्धको कारबाही र सडक पेटी खाली गर्ने अभियानले मात्रै महाशाखाको काम नदेखिएपछि उनले ट्राफिकलाई डिभाइडर सफा गराउन सडकमै उतारेका थिए। नीतिगत र कार्यगत सुधार गर्न नसकेपछि हल्लाका लागि अनावश्यक हत्कण्डा अपनाएको भन्दै उनको सो कामको आलोचना भएको थियो।
स्रोतका अनुसार तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले प्रहरी नियमावली संशोधन गर्ने कुनै तयारी नगरे पनि अर्याल समूहले पहुँचको प्रयोग गरेर आइजिपी रानाले ३२ वर्षीय लगाउने प्रयास गरेको भन्दै सञ्चार माध्यमबाट 'कू'प्रचार गराएपछि राना उनीसँग टाढिएका थिए। उनले प्रहरी महानिरीक्षकलाई सोही विषयमा अप्ठ्यारो पार्न प्रहरीमा भर्ना भएदेखि नै ठ्याक नमिल्ने राईसँग समेत सहकार्य गरेका थिए।
व्यावसायिक पत्रकारिताको आचरणमा नबसेको भन्दै कान्तिपुर दैनिकले कारबाहीस्वरुप सरुवा गरेपछि जागिर छाडेर अनलाइन पत्रकारितामा लागेका केदार ओझाको हाछेथु र अर्यालसँगको निकटताका कारण हाछेथु कारबाहीबाट जोगिँदै आएको विश्वस्त स्रोतले बतायो। संगठनभित्रका बदनाम प्रहरी अधिकारी, प्रहरीका जिन्सी, हतियार र रासन ठेकेदारसँग राम्रो सम्बन्ध बनाएर आर्थिक लाभ लिन माहिर ओझा पछिल्लो समय अवकाशप्राप्त तीन एआइजी किरण गौतम, कल्याण तिमल्सिना र मदन खड्कासँगको सहकार्यमा काम गर्दै आएका छन्।
महानगरीय ट्राफिक प्रभाग कोटेश्वरको भवन बनाउँदा ओझाले मिडियामा सकारात्मक समाचार प्रवाह गर्ने जिम्मेवारी लिएका थिए। विश्वस्त स्रोतका अनुसार भवन बनाउन इँटा, रोडा, फलामे छड, सिमेन्टलगायत् आवश्यक सामग्री संकलन गरी मिलेर बाँडेका थिए। कोटेश्वरमा बनेको ट्राफिक भवनले कौशलटार र भक्तपुरमा पनि निजी भवनहरू बनाउन सहयोग पुर्याएको थियो।
लामो समय कान्तिपुर दैनिकमा काम गरेका उनले पत्रकारिताको आडमा असुली गरेको विषयमा कान्तिपुर पब्लिकेशनमा लिखित उजुरी नै परेपछि व्यवस्थापनले उनलाई कारबाही गरेको थियो। गोल्फुटारकी होटल व्यवसायी जाङ्बु शेर्पाले 'महानगरीय प्रहरी वृत्त चक्रपथका प्रहरीले होटलमा छापा मार्ने बहानामा रकम लुटेको विषयमा समाचारका लागि सम्पर्क गर्दा ओझाले प्रहरीको बदमासीबारे समाचार लेख्नुको साटो आफूहरुलाई उल्टो धम्क्याएको भन्दै उजुरी दिएकी थिइन्। उनले उजुरीमा गलत कामका संंलग्न प्रहरी अधिकारीको काम सार्वजनिक गर्नुको साटो ओझाले आफूहरुलाई लुटिएको रकम २५ हजार बुझिलिएँ भन्ने कागजमा हस्ताक्षर गर्न लगाएर अब कतै उजुरी गर्न गए ठीक हुन्न भन्दै धम्क्याएको' उल्लेख गरेकी थिइन्।
यसअगाडि पनि ओझाले सञ्चारमाध्यम दुरुपयोग गरेर आर्थिक लाभ लिएको उजुरीहरु आएकाले सो उजुरीपछि व्यवस्थापनले अनुसन्धान गरी उनलाई उपत्यकाबाहिर जाने वा राजीनामा दिने विकल्प दिएपछि उनी राजीनामा दिएर बाहिरिएका थिए।
स्रोतका अनुसार अर्याल महाशाखा आएपछि ओझा उनको सल्लाहकार समान बनेका छन्। ओझाको प्रस्ताव अर्यालले काट्नै नसक्ने उनी निकट स्रोतले बतायो।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :

0 comments
Write Down Your Responses