उत्तर कोरियाद्वारा दक्षिणसँग युद्धको चेतावानी


भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
उत्तर कोरियाले दक्षिण कोरियासँग युद्धको अवस्थामा पुगेको भन्दै युद्धको औपचारिक घोषणा हुनमात्र बाँकी रहेको बताएको छ । उत्तर कोरियाले शनिबार भनेको छ- हामी युद्धको अवस्थामा पुगिसकेका छौँ र त्यो नचाहेर पनि युद्धकै अवस्था रहनेछ । अहिलेकै अवस्था हो भने दक्षिणसँग युद्धको घोषणा नै हुनेछ । साथै उसले अहिलेकै जस्तो दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले युद्ध भड्काउने खालका अनावश्यक एवम् उत्तेजक प्रचारका कार्यले यो अवस्था ल्याएको दोषारोपण पनि गरेको छ । उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले विगतका केही समयदेखि आˆना विरुद्ध प्रचार थालेका र यसले गर्दा आफूहरु युद्धको अवस्थामा नै प्रवेश गर्न बाध्य भएको आरोप पनि लगाएको छ । उत्तर कोरिया सरकारले शनिबार प्रकाशन गरेको एक विज्ञप्तिमा हामीहरु दक्षिण कोरियासँग युद्धको चरणमा प्रवेश गरेका छौँ भनेर लेखिएको उत्तर कोरियाको समाचार समिति कोरियन सेन्ट्रल न्युन एजेन्सीले जनाएको छ । कोरियाली प्रायद्वीमा विगतका वर्षहरुदेखि जारी रहेको अवस्था युद्ध वा शान्तिको कुनै पनि अवस्था नरहेको तर हालैका क्रियाकलापका कारण युद्धकै अवस्थामा प्रवेश गर्नुपरेको सो विज्ञप्तिमा बताइएको छ । तर, अझैपनि युद्धको घोषणा नभइसकेको र हालका लागि युद्धमा प्रवेश मात्र गरेको हो भन्दै सो विज्ञप्तिमा त्यस्तो अवस्था पनि आउन सक्ने बताइएको छ । यदि आगामी दिनमा पनि दक्षिण कोरिया र अमेरिकाले परिस्थितिलाई नै उत्तेजक बनाउने हिसाबले अन्तर्राष्ट्रिय समुदायमा प्रस्तुत भएभने युद्धकै घोषणा गर्न बाध्य हुनुपर्ने बताइएको छ । विगत करिब छ दशकदेखि युद्धकै अवस्थामा रहेका यी दुई कोरियाका बीचमा हाल आएर तनाव उत्पन्न भएको छ । रासस/एएफपी
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :

0 comments

Write Down Your Responses

Powered by Blogger.