प्रहरी पनि पढाउन स्कूल जाने
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
१८ चैत, काठमाण्डौं । विद्यालयमा हुने अवाञ्छित गतिविधिले बढ्दो चुनौती सामना गर्न प्रहरीले स्कूल स्कूल पुगेर आफैं पढाउने भएको छ । नयाँ शैक्षिक सत्रसँगै यही वैशाखबाट सुरु हुने अडियो भिजुअल कक्षामा लागू औषधको कुलत, ग्याङ फाइट, साइबर क्राइम, यौनिक गतिविधिलगा
यत विद्यार्थीमा बढ्दो आपराधिक मनोवृत्तिबाट कसरी बच्ने भन्ने शिक्षा दिइनेछ । विद्यालय क्षेत्रको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको ठहर गर्दै महानगरीय प्रहरी परिसर, काठमाण्डौंले विद्यालयमै गएर कक्षा लिने कार्यक्रम बनाएको हो । परिसरका एसएसपी रणबहादुर चन्दका अनुसार राजधानीका ठूला विद्यालयबाट यो अभियना सुरु हुनेछ । कक्षा ८ देखि १२ अध्ययनरत विद्यार्थी समूहमा यस्ता गतिविधि बढी देखिएकाले यही समूहमा कक्षा केन्द्रीत गर्ने प्रहरीको योजना रहेको नागरिक दैनिकमा खबर छ । चन्दका अनुसार पहिलो चरणमा उपत्यकाका एकसय स्कूल कलेजमा कक्षा सञ्चालन हुन्छ । अधिकृत स्तरका प्रहरी तथा विज्ञले छानिएका प्रत्येक स्कुलमा दैनिक तीन घन्टा एक सातासम्म कक्षा लिनेछन् ।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
0 comments
Write Down Your Responses