१९ चैत, काठमाण्डौं । बजारमा अहिले अनगिन्ती नेपाली ब्रान्डका टेलिभिजन, पि|mज, घडी, पंखा आदी पाइन्छन् । तर, यी सामान नेपालमा बनेका होइनन् । चिनियाँ नामका सामान नेपाली ग्राहकले नरुचाउने भएकाले व्यापारीहरुले यो नयाँ तरिका अपनाएका हुन् । नेपाली बजारमा डीआरएन, एसियन, फार्स, शेर्पा, हिमाली, हिमालयनलगायतका ब्रान्डका विद्युतीय उपकरण उपलब्ध छन् । यी मध्ये कतिपय गुणस्तरीय भए पनि अधिकांश गुणस्तरहीन छन् । व्यापारीहरु एउटा ब्रान्डमा आयात गर्दा गुणस्तर कायम रहने बताउँछन् । एसियन ब्रान्ड विद्युतीय सामान भित्र्याउँदै आएका नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष राजेन्द्र मल्ल नेपाली उपभोक्ताको चाहना अनुसार सस्तोमा गुणस्तरीय सामान उपलब्ध गराउँदै आएको बताउँछन् । उनले चिनियाँ ब्रान्डमा भन्दा नेपाली ब्रान्डमा उपभोक्ताको रुचि देखिएका कारण आफूहरुले अर्डर गरेर निर्माण गरी सामान भित्र्याएको बताए । यी ब्रान्डका समानप्रति आफूहरु जवाफदेही हुने र ग्यारेन्टी गर्ने भएकाले गुणस्तरमा समस्या नआओस भनेर आफ्नै ब्रान्ड स्थापित गर्न लागिएको मल्लको रहेको कारोबार दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses