'विरोधी मिलाएर मिति तोकौं'

भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :

काठमाडौं, चैत १८ - निर्वाचन आयोगले केही राजनीतिक दलबाट निर्वाचनका कार्यक्रममा अवरोध उत्पन्न भएको अवस्थामा त्यसलाई सम्बोधन गरेरमात्र मिति तोक्न दलहरुलाई सुझाव दिएको छ। आयोगबाट निर्वाचनको सन्दर्भमा भएको तयारी बु‰न शुक्रबार साँझ आयोग पुगेका मधेसी मोर्चा र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतालाई आयोगका पदाधिकारीले वातावरण निर्माण र कानुन संशोधनपछि मात्रै संविधानसभा निर्वाचनको मिति तोक्न राजनीतिक दलहरुलाई सुझाव दिएको छ। पदाधिकारीहरुले निर्वाचनविरुद्ध सडक संघर्ष जारी रहे असारको पहिलो साता निर्वाचन गर्न नसकिने संकेतसमेत गरेका छन्। 'राजनीतिक तथा कानुनी अड्चन फुकाएपछि चुनावी कार्यतालिका निर्माण हुन्छ,' प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, 'राजनीतिक वातावरण सहज भएन र अवरोधको अवस्था उत्पन्न भयो भने हामीले तयार पारेको कार्यतालिका कार्यान्वयन गर्न बढी समय लाग्छ।' पछिल्लो चरणमा नेकपा-माओवादीले मतदाता नामावली संकलनमा अवरोध गरिरहेको छ। उसले अहिलेकै सरकारले गर्ने निर्वाचन बहिस्कार गर्ने बताउँदै आएको छ। फोरमसहितका दलले निर्वाचनका लागि तयार भए पनि प्रक्रियामा सामेल नगराएको प्रति असन्तुष्टि जनाउँदै आएका छन्। उप्रेतीले कानुनको संशोधन तथा चुनावी माहोल बनेपछि मात्रै निर्वाचनका लागि कति दिन लाग्छ भन्ने थाहा हुने बताए। बैठकमा पदाधिकारीले कानुन संशोधनका लागि अझै चार/पाँच दिन लाग्न सक्ने जानकारी गराएका थिए। आयोगले कानुन संशोधनको मस्यौदा सरकारलाई आइतबार नै बुझाउने गरी काम गरिरहेको बताएको छ। दोस्रोपटक संविधानसभा चुनाव गराउन मतदाता नामावली ऐन, नागरिकता ऐन, संविधानसभा निर्वाचन ऐन र निर्वाचन आयोग ऐनमा संशोधन गर्न आवश्यक छ। यस विषयमा आयोगले राजनीतिक दलहरुसँग छलफल गरिरहेको छ। कानुन निर्माणपछि निर्वाचन गर्न १ सय २० दिन चाहिने वाताउँदै आएको आयोगले पछिल्लो समयमा ९२ दिने कार्यतालिका तयार पारेको थियो। पछिल्लो कार्यतालिकामा संशोधन नगर्ने हो भने प्रमुख दलबीच असार पहिलो सातासम्म निर्वाचन गर्ने घोषणा कार्यान्वनमा सक्नेछैन। बैठकमा पदाधिकारीले आयोगका कतिपय विषय अन्य सरकारी निकायले गर्ने सहयोगमा समेत निर्भर हुने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराएका थिए। 'हाम्रो कतिपय काम सरकार निकायसँग निर्भर रहन्छ,' उप्रेतीले भने, 'गृह मन्त्रालयले नागरिकता वितरण गरेपछि मात्रै हामीले फोटोसहितको नामावली संकलन गर्ने हो।' बैठकमा शीर्ष नेताहरुले निर्वाचनको विषयमा नेकपा-माओवादी र मधेशी जनअधिकार फोरम, नेपाल जस्ता दलहरुसँग वार्ता सुरु गरिसकेको भन्दै केही दिनभित्रै परिस्थिति अनुकूल हुने जानकारी गराएका थिए।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :

0 comments

Write Down Your Responses

Powered by Blogger.