कांग्रेस नेतामाथि खुकुरी प्रहार
धादिङ, चैत २५- उत्तरी धादिङको दार्खामा आज विहान १० बजेतिर नेपाली काँग्रेसका जिल्ला तहका नेतालाई खुकुरी प्रहार गरिएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङका सदस्य दार्खा ९ निवासी जेम्स परियार (अनरस) लाई दार्खा गाविसकै-९ सेन्देनखोर चर्चमा संगती गरी घर फर्कने क्रममा बाटो ढुकेर आक्रमण गरिएको हो।
आक्रमणकारीले एक्कासी खुकुरी, खुँडा प्रहार गरी सख्त घाइते वनाएको बताइएको छ। घाइतेको टाउकोमा तीन वटा चोट, ढाड, हत्केला र खुट्टमा गहिरो चोट रहेको नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिए।
घाइतेको हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौ स्थित शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक जिवन बुढाथोकीले जानकारी दिए। स्थानीय प्रत्यक्ष दर्शीका अनुसार घाइतेको अवस्था गम्भीर छ।
आक्रमण गर्नेहरु एनेकपा माओवादीका कार्यकर्ता रहेको नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले विज्ञपतिमार्फत् आरोप लगाएका छन्। आक्रमण गर्नेहरु दार्खा गाविस वडा नम्बर ८ का मैजा तामाङ, चर्को तामाङ, दुर्गा तामाङ, आशे तामाङ लगायतलाई विज्ञप्ति मार्फत आरोपित गरिएको छ।
ज्यान मार्ने उद्देश्यका साथ भएको घटनाको नेपाली काङग्रेस धादिङले भत्सर्ना गर्दै गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ। दार्खा गाविसमा यस्ता घटना पटक पटक हुने गरेको तर राज्य मुकदर्शक वनी यस्ता घटनाहरुलाइ प्रोत्साहन गर्दै आएको कांग्रेसले आरोप लगाएको छ।
सो सम्बन्धमा एमाओवादी धादिङका सह इञ्चार्ज रामबहादुर भण्डारीले आफूहरु धार्केको जनसभा तथा प्रशिक्षण कार्यक्रममा व्यस्त भएकाले सबै कुरा बुझ्न नपाएको बताउँदै घटनामा आफ्नो कार्यकर्ता संलग्न नभएको टेलिफोनमार्फत् बताए। कांग्रेसले उनले भने आरोप लगाउनु आफ्नो ठाउँमा छ, हाम्रो कार्यकर्ता संलग्न छैनन्।
प्रहरी निरीक्षकको कमाण्डमा घटनास्थल तर्फ प्रहरी टोली खटिएको र घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
आक्रमणकारीले एक्कासी खुकुरी, खुँडा प्रहार गरी सख्त घाइते वनाएको बताइएको छ। घाइतेको टाउकोमा तीन वटा चोट, ढाड, हत्केला र खुट्टमा गहिरो चोट रहेको नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिए।
आक्रमण गर्नेहरु एनेकपा माओवादीका कार्यकर्ता रहेको नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले विज्ञपतिमार्फत् आरोप लगाएका छन्। आक्रमण गर्नेहरु दार्खा गाविस वडा नम्बर ८ का मैजा तामाङ, चर्को तामाङ, दुर्गा तामाङ, आशे तामाङ लगायतलाई विज्ञप्ति मार्फत आरोपित गरिएको छ।
ज्यान मार्ने उद्देश्यका साथ भएको घटनाको नेपाली काङग्रेस धादिङले भत्सर्ना गर्दै गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ। दार्खा गाविसमा यस्ता घटना पटक पटक हुने गरेको तर राज्य मुकदर्शक वनी यस्ता घटनाहरुलाइ प्रोत्साहन गर्दै आएको कांग्रेसले आरोप लगाएको छ।
सो सम्बन्धमा एमाओवादी धादिङका सह इञ्चार्ज रामबहादुर भण्डारीले आफूहरु धार्केको जनसभा तथा प्रशिक्षण कार्यक्रममा व्यस्त भएकाले सबै कुरा बुझ्न नपाएको बताउँदै घटनामा आफ्नो कार्यकर्ता संलग्न नभएको टेलिफोनमार्फत् बताए। कांग्रेसले उनले भने आरोप लगाउनु आफ्नो ठाउँमा छ, हाम्रो कार्यकर्ता संलग्न छैनन्।
प्रहरी निरीक्षकको कमाण्डमा घटनास्थल तर्फ प्रहरी टोली खटिएको र घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
0 comments
Write Down Your Responses