मृग समातेर पुजामा बलि


मनाङ, वैशाख १८ - कुनै पनि पुजामा प्राय खसी बोका हाँस कुखुरा चढाएर बलि दिईन्छ । तर यहाँको ताचेबगर छापमा भने बलि दिने बिल्कुलै नौलो प्रचलन रहेकेा छ । हरेक वर्षको वैशाख महिनाको औसीको दिन र थप एक दिन यहाँका बासिन्दाले (टोदेवी) वनदेवी पुजामा मृग छोपेर बलि दिने गरेका छन् । पहिलो दिन जंगलमा घेरा हालेर मृग धपाएर समात्ने र अर्को दिन बलि चढाईन्छ । एक दिन समात्न नसकेर १८ दिन सम्म लगाएर पनि मृग समातेर स्थानियले पुजा गरेका छन् । 'कानुनमा मृग मार्न नपाइए पनि यो हाम्रो परम्परा देखि चलि आएको संस्कृति पनि हो' स्थानिय राज घलेले भने, 'जुनसुकै अवस्था आए पनि हामी यो परम्परा छाड्ने वाला र्छैनौ ।' उनले वर्षको एक दिन पुजाका लागी एउटा मृग मार्ने गरे पनि अरु बेला भने यहाँको बन्यजन्तु गाउँलेले संरक्षण गरेर राखेकेा बताए । 'संस्कृतिको नामममा कुनै पनि वनजंगलबाट बन्यजन्तु समातेर मार्न पाईदैन' वन तथा भु संरक्षण मन्त्रालय योजना तथा जनशक्ति महाशाखाका प्रमुख कृष्णप्रसाद आचार्यले भने, 'यो गैरकानुनी हो, परम्पराको नामममा मृग मार्ने काममा रोक लगाएर कार्वाही गर्नुपर्छ ।' अन्य समयमा मृग लगायतका बन्यजन्तु समातेर मार्नेलाई कार्वाही गर्ने नियम समेत गाउँले बनाएका छन् । गाउँमा अनिकाल नआओस् शान्ति अमनचयन, बिपत्त नलागोस भन्ने आस्थाका आधारमा गाउँले मृग लाई जालमा पारेर दोस्रो दिन मृग लाई बोकेर गाउँ डुलाए पछि साझ टोदेवी मन्दिरमा मुटु झिकेर बलिदिन्छन् । प्रसादको रुपमा मृग को मासु सबै गाउँले मिलेर खान्छन् र रातभर नाचगान गरेर रमाइलो गर्छन् । झण्डै ५८ घर रहेको गाउँमा एउटा घरबाट अनिवार्य रुपमा पुजामा सहभागी हुनु पर्ने नियम छ । सहभागी नहुनेलाई समितिले जरिवाना गर्छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.