पीडितमाथि नै बलात्कार


ताप्लेजुङ , वैशाख - छिमेकी युवकले बलात्कार गरेपछि कारबाहीका लागि गुहारिएका प्रहरीबाट ती महिला पुनः बलात्कृत भएको आरोप लागेको छ । दोखु गाविसकी ४२ वर्षीया महिलालाई सुकेटार प्रहरी चौकीका इन्चार्ज कमल राईले बलात्कार गरेको भन्दै गाउँलेले घेराउ गरेका थिए । प्रहरी निरीक्षक नरेन्द्र कुँवरका अनुसार शनिबार दिउँसो ती महिलालाई नातामा काका पर्ने छिमेकी भूपेन्द्र गुरुङले बलात्कार गरेको भन्दै छोराले सुकेटार प्रहरी चौकीमा मौखिक उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको थियो । राति चौकीमा राखिएकी महिलाले आफूलाई असइ राईले जबर्जस्ती करणी गरेको गुनासो गरेपछि आइतबार गाउँलेले चौकी घेराउ गरेका थिए । चौकी घेराउको खबर पाउनासाथ सदरमुकामबाट गएको प्रहरी टोलीले तीनै जनालाई सदरमुकाम ल्याएर अनुसन्धान थालेको कुँवरले बताए । आरोपित राईलाई दर्जनौंको संख्यामा रहेका सुकेटारवासीले कारबाही गर्न माग गरेका थिए । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.