चिट चोर्ने ५८ जना निष्कासित


रौतहटको दुई परीक्षा केन्द्रबाट मंगलबार ५८ जना परीक्षा र्थी निष्कासनमा परेका छन । उच्च माध्यमिक शिक्षा परिषद्को टोलीले कक्षा १२ को परीक्षा को पहिलो दिनको अ्रंग्रेजी बिषयमा चिट चोरिरहेको अबस्थामा उनीहरुलाई निष्कासित गरेको हो । उच्च माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय हेटौडाबाट संचालित परीक्षा को निरीक्षण गर्न आएको टोलीले श्री उच्च माबि जुडिवेला परिक्षा केन्द्रबाट १२ र श्री शुवलाल भागवत उच्च माबि सन्तपुर परीक्षा केन्द्रबाट ४६ जना गरी ५८ जना परिक्षार्थीलाई अंग्रेजी बिषयको परीक्षा रद्द हुने गरी निष्कासन गरेको जनाएको । शिक्षा परिषद् क्षेत्रीय कार्यालय हेटौडाका प्रमुख अनिरुद्ध धमालाले परीक्षा मा अमर्यादित क्रियाकलाप गरेको पाइएकोले ५८ जना बिधार्थीलाई निष्काशित गरेको जानकारी दिए । सन्तपुर परीक्षा केन्द्रमा केही नक्कली परीक्षा र्थी बसेको पाइए पनि निरीक्षण टोली पुग्नुअगावै परीक्षा हल छाडेर भागेका थिए । चिठ चोर्न पाइने भन्दै एसएलसी परीक्षा जस्तै १२ को परीक्षा मा समेत अन्य जिल्लाका बिद्यार्थीहरुको रौतहटमा भीड लागेको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.