करेन्ट लागेर प्रहरी नायब निरीक्षक सहित २ जनाको मृत्यु


दाङ– करेन्ट लाग्दा सल्यानमा आइतवार एकजना प्रहरी नायव निरिक्षक सहित दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय थारमारेका प्रनानि मोतीलाल बैदार र स्थानीय १४ वर्षीय बालक दिपेन्द्र केसी छन्। सल्यान थारमारे १ स्थित जंगलमा बाख्रा चराउन गएका थारमारेका १४ वर्षिय दिपेन्द्रको जंगलमा लत्रिएको तार छुँदा करेन्ट लागेर मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ। उक्त घटनापछि उद्दारका लागि घटनास्थल पुगेका प्रनानि बैदारले लत्रिएको तार हटाउन खोज्दा उनलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठको प्रयोग गरेर लत्रिएको तार हटाउन खोज्दा वैदारलाई करेन्ट लागेको थियो। बैदारको पनि घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार उक्त जंगलमा लामो समय देखि विद्युतको तार लत्रिरहेको छ। तर विद्युत कार्यालयले तार व्यवस्थापनका लागि चासो नदिएको प्रहरीको भनाई छ। भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.