नेपालगञ्ज । नेपालगन्जको ईदगाहबाट त्रिभुवनचोक जाने बाटोको एक चिया पसलले प्रयोग गर्दै गरेको एलपी ग्यासको सिलिण्डरमा एक्कासी आगो सल्किएको छ । ago कमजोर र गुणण्स्तरहीन रेगुलेटर प्रयोग गरी दुईतिरको चुलोमा ग्यास प्रयोग गर्दा सिलिण्डरमा आगो सल्केको हो । ग्यासको सिलिण्डरमा आगो लोगपछि झण्डै आधाघण्टा बाटो अवरुद्ध भएको थियो । सिलिण्डरमा लागेको आगो आधाघण्टापछि बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
0 comments
Write Down Your Responses