अब गोरु पनि धर्नामा !
२६ चैत, बर्दिया । राजनीतिक दल वा संघसंस्थाले जलुससहित धर्ना दिएको सामान्य मानिन्छ । तर आइतबार बर्दिया प्रशासनमा एकै परिवारका चार सदस्यले हल गोरुसहित धर्ना दिएका छन् । उनीहरुले दिउँसो १२ बजेदेखि ३ बजेसम्म धर्ना दिएका हुन् । मनाउ १, गुप्तीपुरका बाढीपीडितले हल गोरुसहित व्यानर टाँगेर तीन घन्टा धर्ना दिएर आफ्नो माग प्रस्तुत गरे । सरकारले बाढीपीडितलाई पुनस्थापना गर्नुपर्ने र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका थिए । ०६३ सालमा बाढी र कटानबाट घरबारबिहीन भएका शेरबहादुर खड्का, श्रीमती बसन्ती, छोरी सरिता र मन्सराले धर्ना दिएका हुन् । खड्का बाढीपीडित सरोकार समिति अध्यक्ष हुन् । माग पूरा नगरिए घरका भाँडालगायत सवै सामान ल्याएर प्रशासनको मुलद्दारमै बस्ने उनीहरुको चेतावनी रहेको खबर कान्तिपुर दैनिकले छापेको छ । आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएको बताएका छन् । खड्काले बाढी र कटानले ६ बर्षअघि गाउँका ३५ घर बगेको र ३० बिघा जग्गा कटानमा परी सबै विस्थापित भएको बताएका छन् । समस्या समाधान गर्न सरकारले कुनै पहल नगरेका कारण धर्ना बस्नुपर्ने स्थिति आएको उनले बताए ।
0 comments
Write Down Your Responses