गुडिरहेको गाडीमा ढुंगा खस्दा एकजनाको मृत्यु


३ बैशाख, काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा गुडिरहेको गाडीमाथि ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ । चितवनबाट पर्यटक बोकेर पोखरातिर जाँदै गरेको बा १ ञ ८८७ नम्बरको जीपमा सडकमाथिबाट खसेको ढुंगा लाग्दा सिन्धुपाल्चोकका कृष्ण तामाङको मृत्यु भएको हो । तामाङ पर्यटकका गाईड रहेको जीपका चालक धनबहादुर थापाले अनलाइनखबरसित भन्नुभयो । गाडीमा ढुंगा लाग्दा सामान्य घाइते भएका पर्यटक चाहिँ उपचारपछि पोखरातिर लागेका छन् । यसरी भयो दुर्घटना : थापा बिहान त्यस्तै साढे १०/११ बजेको थियो होला । तीनजना पर्यटक र एक नेपाली गाइड सहित म जीप चलाएर चितवनबाट पोखरा जाँदै थिएँ । मुग्लिन नजिकै पुग्नेबेला एक्कासी गाडीमाथि केही बजि्रयो । के भयो भन्ने थाहा नहुँदा गाडी ५० मिटर अगाडि पुगेर आफैं रोकियो । मैले ब्रेक हानें कि गाडी आफैं रोकियो भन्ने कुरा मैले पत्तो पाउन सकिन । म निकै आत्तिएको अवस्थामा थिएँ । अरु मान्छे र गाडीमा रहेका पर्यटकले बोलाएपछि मात्र गाडीमा ढुंगाले लागेछ भन्ने पत्तो भयो । गाडीमा सँगै रहेका कृष्ण तामाङ चेपिएको अवस्थामा हुनुहुन्थ्यो । अरु पर्यटकहरु सामान्य घाइते थिए । मेरो पनि औंला काटिएको र टाउको चेपिएको अवस्थामा रहेछ । केहीबेरमा प्रहरी पनि आइपुगे । ढुंगाले चेपिएका तामाङलाई सबै मिलेर नजिकको स्वास्थ्य केन्द्र लग्यौं । तर उहाँको निधन भैकेको रहेछ । पर्यटकहरु सामान्य घाइते भएकाले उनीहरु पोखरातिर लागे । म चाहिँ प्रहरीसँगै भरतपुर अस्पतालमा उपचार गरेर फर्कें । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.