बम बनाउँदा बालकको मृत्यु


३ बैशाख, दाङ । माछा मार्नका लागि प्रयोग गरिने विस्फोटक सामग्री बनाउने क्रममा बिस्फोट हुँदा दाङमा एक जना बालकको ज्यान गएको छ । अन्य एकजना बालक गम्भीर घाइते भएका छन् । देउखुरीको लालमटिया-२, खुरुरीयामा माछा मार्नका लागि पाइपको ढुङग्रोमा सलाईको बारुद्ध भर्ने क्रममा मंगलवार बिष्फोट हुँदा १२ बर्षीय भुपेश चौधरीको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । गम्भीर घाइते १४ बर्षीय नारायण चौधरीको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.