बिरामीले हाने झाँक्रीलाई खुकुरी

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


सोलुखुम्बु, चैत्र ३० – जुवु निवासी झाँक्री सेते तामाङलाई आफैँले झारफुक गर्दै गरेका बिरामी ले खुकुरी प्रहार गरेका छन् ।
पैँतालीस वर्षीय झाँक्री ले मुक्ली–१ रन्देपु निवासी तुलसा बस्नेतलाई उपचार गर्दै गर्दा बिरामी द्वारा नै खुकुरी प्रहार गरिएको हो । खुकुरी प्रहार बाट घाइते बनेका झाँक्री तामाङको जुवुस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिए । खुकुरी प्रहार बाट तामाङको टाउकोमा चोट लागेको छ ।
झाँक्री माथि खुकुरी प्रहार गर्ने बिरामी तुलसाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । बिरामी परेकी तुलसा पनि केही महिनाअघिदेखि शरीरमा देवता चढेको भन्दै काम्न थालेको र झाँक्री तामाङले झारफुक गर्दैगर्दा झारफुकका लागि प्रयोग गरिएको खुकुरी ले झाँक्री माथि नै प्रहार गरेको बताइएको छ ।
मङ्गलबार राति झाँक्री माथि खुकुरी प्रहार भएपछि झाँक्री राति नै भागेर घर गएका थिए । सदरमुकामबाट एक दिन टाढा रहेकाले प्रहरीले बिहीबार साँझमात्र खुकुरी प्रहार गर्ने तुलसालाई सदरमुकाम ल्याएको हो ।
तर बिरामी तुलसाको स्वास्थ्य अवस्था खराब रहेकाले उपचारका लागि फाप्लु अस्पताल भर्ना गरिएको छ । खुकुरी प्रहार बाट घाइते झाँक्री तामाङको पनि स्वास्थ्य अवस्था सुधार भइरहेको प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले बताए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.