भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
डडेल्धुरा सदरमुकाम नजिकै अमरगढी-३ डोटी खोलाको बिच भागमा अवस्थित घटाल देवतामा दर्शनार्थीको घुइँचो लागेको थियो। पूजाआजाका बेला मेजामा धामी झाक्रीले बालुवा खाने भएका कारण पनि मेलाले थप रैनक पाएको हुन्छ।
खोलाको बिचोबीच एउटा घट्टको चक्काजस्तै पत्थरको रुपमा मसानबासी शक्तिको रुपमा रहेका घटाल बाबा महाभारतमा वर्णित शिवशक्ति भक्त भिमसेन पुत्र घटोत्कचको नामले स्थापित घटाल देवतालाई तुरुन्तै मनोकांक्षा पूरा गर्ने देवशक्तिको रुपमा ऐतिहासिककाल देखि नै पूजित हुँदै आएका छन।
भगवान शिवस्वरुप श्री असिग्राम देवताको मन्दिरमा एक दिन अगाडिदेखि नै पूजाआजाका विभिन्न कार्य सम्पन्न गरेपछि सोमबार लाग्ने मेलामा सुदूरपश्चिका अनेकौं ठाउँबाट भक्तजनहरु आउने गरेको स्थानीय जनक बोहराले बताए।
खडेरी भएमा जिल्लाका बिभिन्न ठाउँबाट जात्रा (चलो) निकाली रातभर जाग्राम बसेर भए पनि वर्षाको माग गर्ने परम्परा रहिआएको छ। भक्तिभावले जात्रा गरी घटोत्कच शिलासँगै रहेको अलौकिक शक्तिस्वरुप प्वालमा खोलाको पानी हालेर घटाल बाबालाई खुसी पार्ने प्रयास गरिन्छ। वर्षाको सम्भावना भएमा आफ्ना मामा देवराज ईन्द्रसँग पुकार गरी वर्षा पनि दिने भएकाले घटालबाबालाई सुदूरपश्चिममा विशेष रुपले मान्ने प्रचलन छ।
घटाल देवताको मेला भर्ने एउटा रोचक र आश्चार्यजनक परम्परा के छ भने मेलाकै क्रममा घटाल देवताका धामीले काँप्दै खोलामा गई बालुवा खाएको एवं धामीझाँक्री काम्दै गरेको अनौंठो दृश्य हेर्ने हजारौं भक्तजनको आकर्षक भीडले मेलाको महत्वलाई प्राचिनकालदेखि अक्षुण राख्दै कायम राखिएको पाइन्छ।
नयाँ वर्षको सुरुवातसँगै हुने एक दिने मेलामा डडेल्धुरा जिल्लाका प्रमुख धार्मिक सांस्कृतिक परम्परामध्ये एक पटक पुग्नैपर्ने घटाल देवताको दर्शन गरी आफूलाई धन्य गर्ने चाहने दर्शनार्थीको सुविधाका लागि पछिल्लो समयमा पक्की बाटो निर्माण कार्य सुरु भइरहेको पनि आवश्यक अन्य आधारभूत सुविधा र प्रचारप्रसारको कमीले सुदूरपश्चिमबासीको आस्थाको केन्द्र घटालस्थानमा अपेक्षितरुपमा पर्यटकीय विकास हुन सकेको छैन।
बालुवा खाने मेला सम्पन्न
डडेल्धुरा, वैशाख २- धामी झाक्रीले कट्टाकट्ट बालुवा खाएर मनाउन सुदूरपश्चिमकै ठूलो मेला सोमबार सम्पन्न भएको छ। शक्तिशाली देवताका रुपमा रहेको घटालस्थानमा भब्य मेला लागेको हो।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
Powered by Blogger.
0 comments
Write Down Your Responses