वायु प्रदूषणले काठमाण्डौंबासीको ज्यान जोखिममा


२७ वैशाख, काठमाण्डौं । काठमाण्डौं उपत्यकामा पाँच बर्षमा ४० प्रतिशत वायु प्रदूषण बढेको छ । पाँच बर्षपछि सरकारी अनुगमनका क्रममा फेला परेको यो तथ्याले राजधानीका बासिन्दाको स्वास्थ्य जोखिममा परेको पुष्टि गरेको छ । यस बर्ष उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी वायु प्रदूषण पीएम-१० -नाकबाट पस्ने प्रदूषणको मात्रा) रेकडै गरिएको छ । वायु प्रदूषण पीएम-१० र पीएम -२.५ मा नापिन्छ । गत फागुन १० गते पुतलिसडकमा पीएस-१० को मात्रा नौसय ७१ रेर्कड गरिएको थियो भने फागुन ९ गते आठ सय नौ रेकर्ड गरिएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । वातावरण विभागका सिनियर डिभिजन केमिस्ट सुरेन्द्र सुवेदीले भने, ‘सन् २००८ देखि अहिलेसम्ममा ४० प्रतिशतभन्दा बढीले प्रदूषण बढेको छ । यसलाई स्वाभाविक मान्न सकिँदैन् ।’ गत चैत दोस्रो सातासम्म पनि पीएस-१० सात सयभन्दा तल झरेको थिएन । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार कााठमाण्डौंको प्रदूषणको मात्रा भने घटेको पाइएको छ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.