प्रचण्डको चेतावनी फुटुङग्रे धम्कीः खनाल
'संविधानसभामा एमाओवादीको प्रतिनिधित्व हुनेमै आशंका'

२५ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले असारमा निर्वाचन नभए मंसिरमा हुन नदिने एमाओवादी अध्यक्ष प्रचण्डको चेतावनीलाई फुटुङग्रे धम्कीको संज्ञा दिनु भएको छ । रिपोर्टर्स क्लब नेपालले आइतबार खनालकै निवासमा गरेको विशेष साक्षात्कारमा खनालले धम्की दिएर कसैलाई नतर्साउन प्रचण्डलाई चेतावनी दिनुभयो ।

नफेरिने गरी निर्वाचनको नयाँ मिति घोषणा गर्नु पर्ने भन्दै उहाँले भन्नुभयो-’केही दिनभित्रै निर्वाचनको मिति तोकिन्छ । मिति तोक्ने अनि निर्वाचन नगराउने माओवादी सरकारले गरे जस्तो चल्दैन । अब ढाटको काम गर्नु हुँदैन । बस्तुबादी योजनाअनुसार मिति तोक्नु पर्छ ।’
एमाले अध्यक्ष खनालले एमाओवादीको नीति, उद्देश्य, हैसियत र रहस्यको पर्दाफास भईसकेकोले अबको निर्वाचनबाट संविधानसभामा प्रतिनिधित्व हुनेमा आशंका ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो-’एमाओवादी एक्लै खुट्टा टेक्ने नसकेर मोर्चाको बैशाखीको साहारा लिएर उभिएको छ । अबको निर्वाचनबाट एमाओवादीको संविधानसभामा प्रतिनिधित्व हुन्छ कि हुँदैन हेर्नु पर्छ ।’
रामचन्द्र झा लगायतका केही नेता एमाओवादीमा प्रवेशको प्रसंगमा खनालले एमाले समुद्र भएकोले त्यसबाट एकलोटा पानी झिक्दा र थप्दा कुनै असर नपर्ने टिप्पणी गर्नुभयो ।
0 comments
Write Down Your Responses