स्पर्श सुख कसरी प्राप्त हुन्छ ?!!

काठमाडौ, फाल्गुन – दुःखमा परेका बेला कसैले पिठिउँमा यसो सुमसुम्याउँदा, सुखमै रहेका बेला खुसी बाँड्न कसैले गाला मुसार्दा वा आलिंगनबद्ध गर्दा नरमाउने मान्छे को होला ? मानिस मात्र होइन, जनावरहरू पनि रमाउँछन्, कसैले स्पर्श गर्दा । तर यस्तो किन हुन्छ त ? कसैले सहानुभूति दर्साउन वा प्रेम प्रकट गर्न स्पर्श गर्दा हामीलाई सुखानुभूति के कारणले हुन्छ ?
यसको कारण वैज्ञानिकहरूले पत्ता लगाएका छन् । मानिस वा जनावरको छालामा विशेष प्रकारका संवेदनशील कोषिका हुन्छन् । कसैले स्पर्श गर्दा ती कोषिकाले प्रतिक्रिया जनाउने गर्छन् ।
 स्पर्शको आनन्द मानिस र जनावर दुवैले उठाउने गरे पनि यसको कारण भने थाहा थिएन । मानिसको छाला सबैभन्दा सम्वेदनशील अंग हो । यसले सुमसुम्याइ, सुखद स्पर्श, चिमोटयाइ, काटेको, डढेको जस्तो स्पर्शमा फरक छुटयाउँछ ।
क्यालिफोर्निया इन्स्िटच्युट अफ टेक्नोलजीका अनुसन्धानकर्ताहरूले मुसामा परीक्षण गरेपछि उपर्युक्त तथ्य पत्ता लगाएका हुन् । उनीहरूका अनुसार, छालामा भएका विशेष प्रकारका सम्वेदशील न्युरोनले सुम्सुम्याउँदा प्रतिक्रिया दिने गर्छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.