सिरियालाई ओबामाको चेतावनी
बैशाख – अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा रासायनिक हतियार प्रयोग भएको पुष्टि भए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ । सरकारी सेनाले प्रदर्शनकारीमाथि रासायनिक हतियार प्रयोग गरेको पाइए अमेरिकाले उप्रतिको आफ्नो नीति परिवर्तन गर्ने ओबामाले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रासायनिक हतियार प्रयोगकाबारे अनुसन्धान जारी रहेको ओबामाले बताउनुभएको छ । अमेरिका र बेलायतले त्यहाँ प्रदर्शनकारीमाथि रासायनिक हतियार प्रयोग भएको आशंका गरेका छन् । सिरिया सरकारले भने रासायनिक हतियार प्रयोगको आरोपको खण्डन गरेको छ । राष्ट्रसंघको तथ्याङ्क अनुसार २ वर्षदेखि जारी हिंसामा त्यहाँ ७० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses