रेखाको डिम्पल गाला माथी भारी भए जीवन

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ बोलको गीतमा सँगै नृत्य गरेका र ‘अन्दाज’ सिनेमामा जोडीको रुपमा देखिएका नायक जीवन लुइटेल र नायिका रेखा थापा शुक्रबार भने हलमा एकसाथ जुधिरहेका छन् । जीवनले अभिनय गरेको चलचित्र ‘नोटबुक’ र रेखा थापाले अभिनय गरेको चलचित्र ‘हमेशा’ देशभरका हलमा एकसाथ प्रदर्शनमा आएका छन् ।रेखाको ‘हमेशा’ लाई जीवनको ‘नोटबुक’ ले उछिन्ने संकेत देखिएको छ । काठमाण्डौको कलंकी हलमा ‘नोटबुक’को मात्र बिहानी शो भएको हलसंचालकले जानकारी दिएका छन् । यस्तै देशभरका हलमा ‘हमेशा’ भन्दा ‘नोटबुक’ हेर्ने दर्शकको संख्या बढि रहेको वुझिएको छ । यसैले पनि रेखा थापा माथी जीवन लुइटेल भारी परिरहेका छन् ।
छविराज प्रोडक्शन र रेखा फिल्मस्को व्यानरमा तयार भएको चलचित्र ‘हमेशा’ लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा रेखाका अलवा सविन श्रेष्ठ र नरेन खड्काको अभिनय छ । सधैजसो गीतसंगीतका कारण चर्चामा रहने छविको सिनेमाको बिचमा ‘हमेशा’ चिप्लिएको छ । ‘हमेशा’ का गीतसंगीतलाई ‘नोटबुक’ का गीतले ओझेलमा पारेका छन् । यस्तै योगेश घिमिरे निर्देशित ‘नोटबुक’ लाई प्रज्ञा जोशीले निर्माण गरेकी हुन् । चलचित्रमा निता ढुंगाना, सेन सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा वसन्त सापकोटाले संगीत भरेका छन् ।
‘सिम्पल सिम्पल कान्छी’ को गीतबाट हिट बनेको जीवन र रेखाको जोडी अहिले एकअर्काका लागि भारी परिरहेका छन् । हेरौ यो भिडन्तमा बाजी कसले मार्ने हुन् ?
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

,

0 comments

Write Down Your Responses

Powered by Blogger.