कलाकारको संकल्प, ‘कोही झुटो नबोल्ने कोही सम्बन्ध बढाउने’

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

नयाँ बर्षमा सबैका आआफ्नै संकल्प र योजना हुन्छन् । नेपाली सिनेमाका कलाकारहरु पनि नयाँ बर्षमा नयाँ योजना बनाइरहेका छन् । सिनेमामा जम्नका लागि सबैका आ-आफ्नै योजना छन् । धेरैजसो कलाकारहरु नयाँ बर्षमा अझ आफ्नो काममा मिहेनतका साथ लागेर सफलता प्राप्त गर्ने सोचमा छन् । हामीले नेपाली सिनेमाका केही कलाकारहरुलाई नयाँ बर्षमा के संकल्प गर्दै हुनुहुन्छ भनेर सोधेका छौं ।
सुभाष थापा, नायक
म यो बर्ष आफ्नो लागि सोचेर काम गर्नेछु । अरुको हितका लागि आफ्नो बारेमा नसोच्दा मैले धेरै नै ठूलो धोका वि.सं. २०६९ सालमा पाएँ । यहाँ अरुको हितका लागि सोचेर आफुलाई सिध्याउन नहुने रहेछ । कसैले मसँग केही सोध्न चाहन्छ भने सल्लहा दिन्छु तर आफु भने कसैसँग सल्लाह माग्दै नहिड्ने मेरो प्रण हो । यो बर्ष प्रदर्शनमा आउन लागेका सिनेमाहरु बाट धेरै नै आशा गरेको छु । यो बर्ष मेरो तोरी लाहुरे, किन किन, सिक्स फिट लाइफ लगायतका सिनेमाहरु प्रदर्शनमा आउँदैछन् ।
गजित बिष्ट, नायक
म ०७० सालमा अझ मेहनत गरेर काम गर्नेछु । सिनेमा क्षेत्र भन्दा अन्त कतै जाने बारेमा त सोच्न पनि सकिँदैन । यसैले सबैको साथ र मायालाई आत्मसात गर्दै ०७० सालमा अझ राम्रो सिनेमा दिने मेरो प्रयास रहनेछ । सकेसम्म होमवर्क गरेर र धेरै भन्दा धेरै समय दिएर राम्रो सिनेमा खेल्ने छु म । ०७० सालमा मेरो ५ वटा सिनेमा प्रदर्शन हुँदैछ । यसैले पनि यो बर्ष मेरो लागि राम्रो हुने आशा गरेको छु ।
आकाश अधिकारी, नायक तथा निर्माता
मैले जे काम गर्दै आएको छु, त्यसलाई नै निरन्तरता दिने मेरो प्रयास रहनेछ । यो बर्ष म २ वटा सिनेमा निर्देशन गर्दैछु । एउटा मेरो ब्यानरको र अर्को श्रीकृष्ण श्रेष्ठको निर्माणमा बन्न लागेका सिनेमाको निर्देशन म गर्दछु । यसैले पनि यि दुई सिनेमालाई दर्शकमाझ राम्रो बनाएर पस्कने तयारी मेरो हुनेछ । अघिल्ला सिनेमाहरुबाट सिकेका पाठहरुलाई यि दुई सिनेमामा प्रयोग गर्नेछु ।
दिनेश डिसी, निर्देशक कलाकार
मैले यो बर्ष कुनै पनि संकल्प गरेको छैन । किनकी अघिल्ला बर्ष गरेका संकल्पहरु मैले केही पनि पूरा गर्न सकिन । यो गर्छु र यसो गर्छु भन्यो, तर खै किन किन कतै पनि संकल्प गरेका कुराहरु पुरा गर्न सकिएन । यसैले म यो बर्ष जे काम आइपर्छ त्यही गर्छु तर कुनै संकल्प भने गर्दिन ।
आयुष रिजाल, नायक
यो बर्ष मैले तीनवटा काम गर्नुछ । विशेषतः ‘मेरो कथा’ नामक सिनेमालाई अन्तरराष्ट्रिय बजारमा लैजाने तयारीमा हाम्रो टिम छ । यस्तै भोजपुरी सिनेमा पनि गर्दैछु । यसैले यसका लागि शारीरिक अभ्यासहरु पनि गरिरहेको छु । नेपाली सिनेमामा मेरो केही ग्याप भएको छ । यसैले अब छानेर राम्रो सिनेमा मात्र खेल्ने सोचाइमा पुगेको छु । बिहेका लागि पनि घरबाट दबाब आइरहेको छ । तर म यो बर्ष बिहे गर्ने सोचमा भने छैन । सायद वि.सं २०७१ सालमा भने बिहे गर्छु होला ।
अनु शाह, नायिका
यो बर्ष म निक्कै चुजी बन्नेछु । ०६९ सालमा भएका कमी कमजोरीहरुलाई ध्यान दिँदै नयाँ काम गर्नेछु । गतबर्ष म खासै चुजी भइन । यसैले यो बर्ष थोरै मात्र म्युजिक भिडियोमा काम गर्नेछु । सिनेमा पनि निकै छानेर राम्रो खेल्ने प्रयास गर्नेछु । म संचारमाध्यममा पनि खासै नजिक हुन सकेको छैन । यो बर्ष मिडियासँग नजिक हुनेछु । सार्वजनिक कार्यक्रममा पुग्दा आफ्नो पहिरन र आफुलाई ध्यान दिनेछु । आशा छ मेरो संकल्पले मलाई पक्कै पनि फाइदा दिनेछ ।
बाबु बोगटी, नायक तथा गायक
मैले आफ्नो करिअर र व्यक्तिगत जीवनका बारेमा धेरै संकल्प गर्दछु । गतबर्ष आफ्नो काममा, व्यक्तिगत जीवनमा, साथीभाइसँगको संगतमा मैले के कस्तो कमजोरी गरें भन्ने कुराको पहिला म मुल्यांकन गर्छु । यसपश्चात ती सबै कमीकमजोरी अर्को बर्ष नदोहोरियोस् भन्ने संकल्प मेरो हुन्छ । अरु खासै धेरै सपना म देख्ने गर्दिन ।
बेनिशा हमाल, नायिका
मलाई साथीभाइदेखि पत्रकारहरुले समयको पक्का छैन भन्ने आरोप लगाउँदै आएका छन् । यो आरोपलाई म नयाँ बर्षदेखि आउन नदिने प्रण गर्दछु । म कसैलाई पनि पर्खाइमा राख्दिन र भनेको नै समयमा पुग्छु । हरेक बर्षले नयाँ नयाँ कुरा सिकाउँछ । वि.सं २०६९ मा पनि मैले धेरै गल्ती कमजोरी गरंे होला, त्यसलाई सच्याउँदै अघि बढ्ने प्रण गर्दछु
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

,

0 comments

Write Down Your Responses

Powered by Blogger.