लागुऔषधका प्रयोगकर्ता यौन रोगबाट मुक्त !

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


चैत ३१ - कञ्चनपुरमा सुईबाट लागुऔषधका प्रयोगकर्ता यौन रोगबाट मुक्त रहेको एक गैरसरकारी संस्थाले जनाएको छ। प्रभावित र सङ्क्रमित सँगसँगै भन्ने उद्देश्यका साथ स्थापना गरिएको फेद कञ्चनपुले कैलाली र कञ्चनपुरमा लागुऔषधका प्रयोगकर्ता यौनजन्य रोगबाट मुक्त रहेको जनाएको हो। संस्थाले दुई महिनाअघि गरेको सर्वेक्षणमा कसैमा पनि यौनजन्य रोग नदेखिएको शुक्रबार आयोजित एक कार्यक्रममा जानकारी गराएको हो। नेपाल सरकारको सहयोगमा माघमा महेन्द्रनगरमा गरिएको सर्वेक्षणमा दुवै जिल्लाका १०० जना नियमित प्रयोगकर्तामध्ये कसैमा पनि यौन रोग नदेखिएको फेद कञ्चनपुरका कार्यक्रम संयोजक नवराज पाण्डेले जानकारी दिए । उहाँले देशका अन्य जिल्लामा ५० प्रतिशतभन्दा बढी सुईका माध्यमबाट लागुऔषध प्रयोगकर्तामा यौनजन्य रोग देखिएको भन्दै कैलाली र कञ्चनपुरमा पछिल्लो समय बढेको चेतनाका कारण यस क्षेत्रका प्रयोगकर्तामा यौन रोग नदेखिएको बताए । कञ्चनपुरमा मात्रै २५० भन्दा बढी प्रयोगकर्ता भए पनि १३३ संस्थाको सम्पर्कमा रहेको कार्यक्रम संयोजक पाण्डेले बताउनुभयो। १० महिनाअघि स्थापना भएको संस्थाले सुईका माध्यमबाट लागु औषधको प्रयोगले हुने क्षति न्यूनीकरणमा काम गर्दै आएको छ। संस्थाले २० जना भन्दा बढीलाई पुनःस्थापना केन्द्रमा पठाइसकेको छ। रासस भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.