ओबामाको आम्दानी २० प्रतिशत घट्यो

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


३१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पछिल्लो वर्ष ६ लाख ८ हजार ६ सय ११ डलर कमाई गर्नु भएको छ । ओबामाको करसम्वन्धी दस्तावेजका अनुसार यो अघिल्लो वर्षको तुलनामा २० प्रतिसत भन्दा बढीले कम हो । ओबामाको कमाई घट्नुको कारण उहाँको किताब विक्रि घट्नु हो । उहाँको तलव ४ लाख डलर ट र ओबामा र उहाँको पत्नीले १८.४ प्रतिशतका दरले कर बुझाउनु भएको छ भने ३३ विभिन्न च्यारिटीलाई दान गर्नु भएको छ । ओबामाले इलिनोय प्रान्तमा २९ हजार ४ सय ५० डलर आयकर बुझाउनु भएको छ । ओबामाले परोपकारी कामका लागि दिएको दानको करीब दुई तिहार सैनिक र उनीहरुको परिवारलाई सहायता जुटाउने फिशर हाउस फाउण्डेसनलाई दिइएइको छ । सन् २००९ मा राष्ट्रपति बन्दा ओबामाको कमाई ५५ लाख डलर थियो । जसको धेरै हिस्सा ड्रीम्स फ्रम माई फार र दि ओडेसिटी अफ होप नामक कितावको बिक्रिबाट आएको थियो । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.