खुसी मनाउन फुटवल मैदानमा खेलाडीले कट्टु खोले

खेलाडीहरुले आफुले प्रदर्शन गरेको खेलबाट खुसी भएपछि त्यसलाई मनाउने बेग्ला बेग्लै तरिकाहरु अपनाउने गरेका छन् । उफ्रने, विभिन्न शैलीमा नाच्ने, कुट्ने, सहपाटी साथिहरुसँग अंकमाल गर्ने, आफूले लगाएको लुगाको उचालेर शरीरको माथिल्लो भाग देखाउने क्रियाकलाप आजभोली सामान्य जस्तै बनेका छन् ।
football-1
तर, इटालियन सिरिए फुटबलको शनिबार राति भएको खेलमा भने एक खेलाडीले मनाएको खुसी देखेर दर्शक साथै उनकै सहपार्टी साथीहरुपनि छक्क परे । प्रतियोगितामा अंक तालिकाको शीष स्थानमा रहेको युभेन्ट्सले पेस्कारालाई २-१ गोलले हरायो ।
युभेन्ट्सको जितका लागि दुवै गोल गरेका मिर्को भुसिनिचले जोशिलो मुद्रामा आफूले लगाएको जर्सीको कट्टु खोले जुन क्रियाकलापबाट सम्पूर्ण दर्शक तथा खेलाडी आश्चर्यमा परे ।
football-2
कट्टु हातमा बोकेर साथीहरुसँग अंकमाल गरेका उनले सो कार्यको भने महँगो मुल्य तिर्नुपर्यो । उनले तत्कालै रेफ्रिबाट पनि पहेँलो काड पाए ।
भुसिनिचेले खेलको ७२ औं र ७८ औं मिनेटमा एक एक गोल गरेका थिए, उनको पहिलो गोल पेनाल्टिमार्फत् थियो । पेस्काराका इमानुएल कासकोइनले ८३ औं मिनेटमा एक गोल फर्काएका थिए । जियोस्पी रिजोले ७२ औं मिनेटमा रातो कार्ड पाएपछि बाँकी समय पेस्काराले १० खेलाडीका साथ मैदानमा हट्नुपरेको थियो ।
तालिकाको शीर्ष स्थानमा रहेको युभेन्ट्सको ७१ अंक छ । युभेन्ट्स इटालियन सिरिएको साविक विजेता पनि हो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.