कक्षा १२ को परीक्षामा मोबाइल निषेध

१६ वैशाख, काठमाण्डौं । उच्च माध्यमिक शिक्षा परिषद्द्धारा सञ्चालित कक्षा १२ को वाषिर्क परीक्षामा विद्यार्थी र निरीक्षकलाई मोबाइल फोन पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । परीक्षामा परीक्षार्थीले मोबाइल लैजाने हुँदा प्रश्नपत्र बाहिरिने र एसएमएस मार्फत उत्तर खोजिने हुँदा पूर्ण रुmobileपमा प्रतिवन्ध गरिएको हो ।
परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालका अनुसार निरीक्षक र विद्यार्थीका लागि पूर्णरुपमा मोबाइल फोन परीक्षा अवधिभर निषेध गरिएको छ । ‘परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन देशभरका केन्द्राध्यक्ष र मातहतका निकायलाई निर्देशन दिइसकेका छौं,’ नियन्त्रक अर्यालले भने राजधानी दैनिकमा खबर छ ।
कक्षा १२ को १७ वैशाखदेखि सुरु हुने परीक्षामा ३ लाख ९८ हजार १ सय १५ जना विद्यार्थी सहभागी हुँदैछन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.