दृष्टिबिहीनको कोटामा सपांगलाई सुविधा

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


१६ वैशाख, काठमाण्डौं । दीपक माझी ७ बर्ष थिए । त्यतिबेला उनका दुबै आँखाको ज्याति गुम्यो । उनले सुनेकै भरमा रत्न शिक्षा क्याम्पस कोटेश्वरबाट स्नताक उत्तीर्ण गरे । हाल उनी त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह अध्ययन गरिरहेका छन् । दीपक पेसाले निजामति कर्मचारी हुन् । शिक्षा विभागका शाखा अधिकृत माझीसमेत नौ जना दृष्टिबिहीन सरकारी जागिरमा कार्यरत छन् । उनीहरु सबैले सुनेकै आधारमा लोककसेवा पास गरे । वास्तवमा यो आँकडाले देशभित्र दृष्टिबिहीनको अवस्था कस्तो छ भन्ने चित्रण गर्छ । यही अवस्थाबाट छुट्कारा पाउन दृष्टिबिहीन सहयोग केन्द्रले गत बिहीबार सर्वोच्च अदालतमा नेत्रहीनहरुको अधिकार माग गर्दै पहिलोपल्ट रिट दायर गरेको छ । यसको सुनुवाई सोमबार हुँदैछ । ‘निजामति ऐनमा अपांगका लागि छुट्टयाइएको पाँचप्रतिशत कोटामा हाम्रो अधिकार सुनिश्चित भएन । दृष्टिबिहीनले अरु अपांगसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यसैले दृष्टिबिहीनका लागि छुट्टै ऐन बनाएर कम्तीमा पनि २.५ प्रतिशत कोटा निर्धारण गर्नुपर्‍यो भन्ने माग राखेका छौं’ केन्द्रका अध्यक्ष राजेन्द्र दुलालले भने अन्नपूर्ण पोष्टमा खबर छ । नेपालमा अहिले दृष्टिबिहीनको संख्या कति हो भन्ने यकिन तथ्यांक नभएपनि चिकित्सकको सिफारिसमा दृष्टि भएका व्यक्ति पनि दृष्टिबिहीनको कार्ड प्रयोग गरेर निजामती सेवामा जागिर खाने धेरै छन् । तर, वास्तविकता नौ जना दृष्टिबिहीन मात्र यो सेवामा कार्यरत छन् । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.