गोरखापत्रको सम्पादकबाट अग्रहरीलाई नहटाउन सर्वोच्चको आदेश


१५ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गोरखापत्रको प्रधानसम्पादकबाट सिताराम अग्रहरीलाई नहटाउन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश कल्याण श्रेष्ठ र प्रकाश वस्तीको संयुक्त इजलासले ११ औं तहबाट दशौंमा घटाएको देखिएको भन्दै अग्रहरीलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । इजलासले सरकारसँग लिखित जवाफ माग्दै दुबै पक्षलाई छलफलमा बोलाएको छ । मन्त्रिपरिषद्ले वैशाख २ गते अग्रहरीलाई हटाएर पुस्कर माथेमालाई प्रधानसम्पादक बनाएको थियो । त्यसविरुद्ध अग्रहरीले ४ गते रिट हालेका थिए । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.