आईपीएलमा मुम्बईले पुणेलाई ४१ रनले हरायो

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


३१ चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले पुणे बारियर्सलाई ४१ रनले पराजित गरेको छ । घरेलु मैदानमा पहिले व्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८३ रन बनायो । उसका लागि रोहित शर्माले अविजित ६२ रन बनाए भने सचिन तेन्दुलकरले ४४ र दिनेश कार्तिकले ४१ रनको योगदान दिए । जवाफमा मैदान उत्रिएको पुणेले ८ विकेटको क्षतिमा १ सय ४२ रन मात्र जोड्न सक्यो । खराव सुरुवात गरेको उसका लागि मिचेल मार्सले ३८ रन बनाए भने युवराज सिंहले ३४ रन जोडे । उसलाई सस्तैमा समेट्ने क्रममा मितेल जोनसोन एक्लैले ३ विकेट लिएका थिए । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.