सडक चाडो बनाउन (मन्त्रिपरिषद अध्यक्ष) प्रधानमन्त्रीको निर्देशन

२ बैशाख, काठमाडौं । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले काठमाडौं उपत्यकाको सडक तीव्र गतिमा पुनःनिर्माण गर्न सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।
सिंहदरबारस्थित आफ्नो कार्यालयमा भैतिक पुनर्निर्माण, शहरी विकासलगायतका मन्त्रलयका सचिव तथा मन्त्रीहरुलाई समेत बोलाएर सडकको पुनर्निर्माण चाँडो गर्न सोमबार निर्देशन दिनुभएको हो ।
बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा सडक विस्तार गर्ने क्रममा भत्काइएको राजधानी यतिबेला ग्रामीण धुले सडकजस्तै बनेपछि उपत्यकाबासीले कष्ट भोग्दै आइरहेका छन् । धुलोले राजधानी हिँडिनसक्नु भएपछि रेग्मीले चाँडो पुनर्निर्माण गर्न निर्देशन दिनुभएको हो ।


,

0 comments

Write Down Your Responses

Powered by Blogger.