यसरी भयो फिनलेण्डमा नेपाली युवाको डिभोर्स


डिभोर्सकाठमाडौ, वैशाख १७ - मन त लाग्छ, सोधौं, 'छोरी तिमीलाई कस्तो छ ?' तर नेपाली २-४ शब्दबाहेक अरू खासै आउँदैन मेरी सानी छोरी 'निना'लाई । आघिल्लो हप्ता आउँदा त ठिकै थिई । यसपालि अनुहार निन्याउरो देखें । राम्रोसँग खेलिरहेकी पनि थिइन । कोठामा छिर्नेबित्तिकै 'एंग्री बर्ड' को लोगो भएका केही गिफ्ट उसको हातमा थमाइदिएँ । हातमा लिएर बिस्तारै 'किटोस' (धन्यवाद) भनी । अरू बेलामा झैँ गिफ्ट लिएर खुसीले उफ्रिंदै सोफामा बल्ड्याङ खेल्न गइन । चुपचाप उसको कोठातिर लागी । कोठाको चारैतिर आँखा डुलाएँ । भित्तामा केही फोटोहरू फेरिएका रहेछन् । भान्सा कोठामा टाँगिराखेको बुद्धको तस्बिरचैं उस्तै रहेछ । बडो मेहनतले ल्याएको थिएँ नेपालबाट त्यो । टेबलमा कागजपत्रहरू छरपस्ट थिए । छोरीको स्कुलको यो महिनाको बिल टेबलबाट खस्नै लागेको थियो । जतन गरी पट्याएर बीचमा राखिदिएँ । मेरो भागको आधा बिल मैले अस्ति नै अनलाइनबाट तिरिसकेको थिएँ । छोरीको अनुहार मलीन हुँदा, उसकी आमाजस्तै देखिन्छ उसलाई । लाग्छ छोरी नेपालीमै बोलोस् । मलाई बुबा भनोस् । 'हजुरआमा भेट्न नेपाल जाउँ न' भनोस् । म यसै टोलाउँदै थिएँ । छोरी बिस्तारै मनजिक आई । मैले यी सबै भाव हटाएर ठीकठाक देखिन खिस्स हाँसें । उसले गाह्रो गरी 'ड्याडी' भन्छे, र सायद अब केही समयपछि मेरो नामबाटै बोलाउँछे । उसलाई त्यो 'ड्याडी'को आफ्नोपन धेरै महसुस गराउन सकिएन । पुराना दिन सम्झिएँ- यो जन्मिने बेलामा यसकी आमालाई कति गाह्रो भएको थियो । कैयौं दिन हस्पिटल राख्नुपरेको थियो । खै, त्यो पीडा अब स्वयम् आमाले त भुलिसकी । फेरि म त बाबु, तैपनि पीडा अनि खुसीको महसुस त्यो बेला मलाई पनि उत्तिकै थियो । केही समय छोरीसँग बिताएपछि म निस्किएँ । बाहिर निस्किएर गाडी स्टार्ट गरुन्जेलसम्म पनि मेरो आँखा मूलढोकातिरै थियो । खैर, जिन्दगीमा के केसम्म भोग्नुपर्छ । गाडी मेनरोडमा निकालें । सिसा नै छोपिने गरी हिउँ पर्दै थियो । गाडीको 'विपर' हल्लिएजस्तै मेरा पुराना याद धेरैचोटि 'विप' भए, पारदर्शी सिसाझैँ मेरो मानसपटलमा । र, यसरी आज पनि अदालतले तोकिदिएको आफ्नै छोरीलाई भेट्ने तारेख पूरा गरें मैले । ८ महिनादेखि प्रत्येक हप्ता वा पन्ध्र दिनमा यसरी नै तारेख धान्दै छु म । आफ्नै सन्तानलाई भेट्ने । २००८ को अगस्ट, नितान्त नौलो ठाउँमा आइपुगेको थिएँ म । यहाँका मान्छे 'समर' भनेर पातलो टिसर्टमा हिँड्दा आफूलाई चाहिँ ज्याकेट नै लगाउनुपथ्र्यो । 'आहा कति राम्रो' भनेर टोलाउँदै बजार घुम्दा समय बितेको पत्तै नहुने । सुरुमा हरेक कुराको भाउ नेपाली रुपैयाँमा बदलेर हेर्थें म । सबैभन्दा सस्तो १ युरोको कफी खाँदा रु. ११० को कफी खाँदै छु भनेर स्वाद लिएर खाइन्थ्यो । पछि समयले सब सिकायो । काम, पढाइ, रमाइलो, दुःख, सुख, संघर्ष... सब सिकायो । हरेक शुक्रबार 'पब' वा बार जाने बानी लाग्यो । हप्ताभरि दुःख गरिन्छ । सप्ताहान्त यसो रमाइलो नगरे जिन्दगीको के मजा । अरू बेला फाट्टफुट्ट मात्र आउने फिनिस भाषा २ पेग लगाएपछि जानी नजानी खरर बोल्थें । नेपालमा धेरै साथीहरू इंग्लिस यसरी नै बोल्छन् ! एक साँझ घर नजिकैको जय बारमा एक्लै परें म । भोड्काले रमरम छोएपछि नजिकैको टेबलमा बसेकी 'लुसिभा' सँग आँखा जुध्यो । यो खास नौलो भएन । ऊ प्रायः बारमा आइरहेकी हुन्थी, एक दुईपल्ट 'हाई हेल्लो' पनि भएको थियो । तर आजचैं ऊ मलाई हुनसम्म कि राम्री लागी, योचाहिँ नौलो थियो । उसका साथीहरूको वास्तै नगरी उसकै टेबलमा गएँ । थप डि्रंक्स मगाएँ । राति अबेरसम्म गफ गर्दै बस्यौं । फेसबुक आईडी, फोन नम्बर, घरको ठेगाना सुरुमै लिइसकेका थियौं । हामी दुवैजनाको ध्यान एकअर्काबाट हटेन । उठेर घर जाने हतार कसैलाई भएन । त्यो साँझको बसाइले हामीलाई नजिक ल्यायो । त्यसपछिका कैयौं भेटघाटले अझ नजिक, एक अर्काको अपार्टमेन्टमा रात बितायौं । हामी दुवै खुसी थियौं किनकि हामीलाई एउटै महसुस हुन्थ्यो- कि हामी केवल 'सेक्स'का लागि मात्रै मन पराइरहेका छैनौं । यो भोगाइ सबभन्दा सुन्दर थियो । संगीत, राजनीति, फिल्म, दर्शन, देश विदेश... प्रायः सबै विषयमा हाम्रो तर्क बितर्क भइरहन्थ्यो । बहसको एकैछिनमा हामी पक्ष-प्रतिपक्ष हुन्थ्यौं । तर्कले जित्न नसकेपछि ऊ मलाई एक्कासि 'किस' गर्थी । मेरा सबै शब्द हराउँथे । अनि हामी छिनभरमै एउटै पक्ष, एउटै अंगालो, नेपाली साथीभाइको जमघटमा जाँदा पनि उसलाई सँगै लिएर जान्थें । सबैसँग चिनजान गराएँ । केटी जुझारु थिई । उसको परिवारसँग पनि मेरो घुलमिल भयो । सुरु सुरुमा 'साथी मात्रै हो' भनेर ढाँटे पनि, पछि मेरो 'खास साथी' हो भनेर स्काइपबाट घरमै देखाएँ, कालान्तरमा बिहेको कुरा उठ्यो । सुरुमा मेरो घरमा अलि अलि आनाकानी भयो- विदेशी केटी, रहनसहन मिल्दैन । बानीव्यहोरा कस्तो छ... आदि आदि । यता हाम्रो 'लिभिङ टुगेदर' वर्ष दिन पुग्न लागेको थियो, बुझेको छोरो, उसको जिन्दगी उसैले भोग्ने हो भनेर घरबाट पनि अनुमति दिए । चित्त बुझाउन नेपाली पात्रोअनुसार लगन हेरेर मिति तय गरियो, जुनको दोस्रो साता बुबाको उपस्थितिमा चर्चमा बिहे गरियो । यहींका नेपाली साथीहरू जम्मा गरेर पञ्चैबाजाको धुनमा भोज पनि रमाइलै गरियो । एउटा सानो सपना पूरा भएजस्तै भयो । सबै हाँसी खुसी थियौं । साथीहरूसँग डिस्को छान्दै हिँड्ने अल्लारे जिन्दगीले गृहस्थीको बाटो समात्यो । कानुनअनुसार यहींको रातो पासपोर्ट बन्यो । त्योभन्दा नि खुसी, हामीले छिट्टै बच्चा जन्माउने निण्र्ाय गर्‍यौं । रहँदा बस्दा घरमा नयाँ सदस्यको प्रवेश भयो । ससुरालीतिरबाट नाम राखिदिए 'निना' । मचैं त्यसलाई उल्ट्याएर 'नानी' भन्थें । आफ्नै लवजमा, फूलजस्तै राम्री हाम्री छोरी । छोरीको अनुहार को पट्ट िगयो भनेर लुसिभा र मेरो खुब बहस हुन्थ्यो रमाइलोसँग । लुसिभाको कुकुर पाल्ने सोख थियो । मलाई भित्रैबाट मन नपरे पनि अलि अलि 'कम्प्रमाइज' गर्थें । पछि त बिस्तारै बानी पर्दै गयो । परिवारको सदस्यजस्तै भयो । माया लाग्न थाल्यो । कहिलेकाहीं घरमा कोही नहुँदा वा टाढा कतै घुम्न निस्किँदा कुकुरको हेरचाह गर्न गाह्रो हुन्थ्यो । मान्छेको भन्दा धेरै यो मुलुकमा पशु-अधिकार बढी छ । फेरि लुसिभा त्यसलाई मरिहत्ते गर्थी । अपि्रलको एक शनिबार बिहान म छोरी खेलाउँदै थिएँ । लुसिभाले अचानक फोन गरेर अझै २ दिन आउन नसक्ने बताई । ऊ अफिसको काममा फ्रान्स थिई । कुकुरको ख्याल राख्छु भन्दाभन्दै मैले खाना दिन बिर्सेछु । कुकुरको खाना लिन बजार निस्किनुपर्छ । अहो... छोरी हेरौं कि, आफ्नो काम गरौँ कि कुकुरको हेरचाह ! मलाई त्यसै असिन पसिन भयो । २ दिनसम्म अल्छी गर्दै घरमै बनाएको खाना-तरकारी दिएँ । चिल्लो-पिरो के के परेछ कुन्नि, कुकुर अलि झोक्रायो । मंगलबार लुसिभा फर्किंदासम्म हल्का बिरामी परेछ । यो पालि लुसिjavascript:void(0);भा आउनेबित्तिकै उसको अंगालोको छोपाइ मैले पाइनँ । कुकुरलाई उसैले जँचाउन लगि । औषधि लिएर आई । बोल्दा पनि ठुस्किन थाली । व्यवहार बदलियो पि्रय कुकुरलाई ख्याल नगरेकोमा । १-२ दिन त सम्झाउन खोज्दै थिएँ । पछि आफैंलाई झ्याउ लाग्यो- यस्तो जाबो कुरामा के स्पष्टीकरण्ा दिइरहनु । केही दिनमा घरमा चिठी आयो, 'पशु अधिकारवादी' संस्थाबाट । कुकुर ठीक हुन थालिसकेको थियो तर लुसिभाको अनुहार झन् झन् बिग्रँदै गयो । केही दिनमा म पनि इन्टर्न गर्न युक्रेन गएँ १ महिनाको लागि । हाम्रो फोन सम्पर्क कम हुन थाल्यो । तैपनि दिनमा एकपल्ट छोरीको तोते बोली सुन्न मन लाग्थ्यो । तर, लुसिभा र मेरो दूरी खै किन हो बिस्तारै बढ्दै गएको जस्तो भान हुन थाल्यो । 'आ बूढाबूढीमा यस्तो सानोतिनो कुरा भइराख्छ नि,' साथीभाइहरू सम्झाउँथे । म पनि खासै गम्भीर भइनँ । युक्रेनबाट फर्केपछि पनि खासै हाम्रो राम्रो बोलचाल भएन । अब भने सानो सानो 'इस्यु'मा पनि हाम्रो भनाभन हुन थालेको थियो । मेरो कुनै उपायले काम गरेन । नेपालमा घरायसी मामला, यता अफिसको टेन्सन, घरमा बूढीको व्यवहार, सब कुराले मलाई थिचेको थियो । लुसिभा कहिलेकाहीँ छोरी छोडेर घरबाट बाहिर रहन थाली । म पनि झोंक चलेको दिनमा साथीहरूकोमै बसिदिन्थें घुर्की लगाउन । हाम्रो यस्तै मौन दोहोरी महिनौं चल्यो । आजित भएपछि अन्ततः मैले सबै घुर्की छोडेर राम्रोसँग सल्लाह गर्ने निधो गरें । तर बेलुकी पि|mजको ढोकामा एउटा सानो नोट टाँसेको देखें, 'वी आर मिटिङ टुमरो फर द फाइनल टाइम, सी यू इन लयरर्स अफिस,' अब केही जोर चल्ने छाँट देखिएन । सबै कानुनी प्रक्रिया सकेपछि अन्तिमपल्ट मलाई छोरी लिन मन लाग्यो । काखमा लिएर धेरै बेरसम्म म्वाई खाइरहें । वकिलको कोठाबाहिर निस्किने बेलामा लुसिभाको अनुहार नियालें, कति पनि दुःख-भाव थिएन उसका आँखामा । उसको नयाँ 'साथी' गाडी लिएर बाहिर कुरिरहेको रहेछ । मैले मेरो धमिला आँखा छोप्न गगल्स लगाएर बाहिरिएँ । सम्झिन्नभन्दा पनि यी सबै फ्ल्यास ब्याक अपार्टमेन्ट पुग्दासम्म आइरहे, गाडीमा चलाएको सिडी अघि नै सकिएछ । कोठामा पसेर लुगै नखोली खाटमा उत्तानो परेर माथितिर टोलाइरहें । कफीको तलतल लाग्यो । तर भान्सातिर नपसी सिधै गाडीको चाबी लिएर हिंडें । 'बार' जान मन लाग्यो । एक्लै बसेर पिउँदा अनेकथरी कुरा खेल्छन् । निस्किने बेलामा ढोकैमा कुनै हँसिलो आकृतिले भन्यो, 'बाई बाई ड्याडी !' फर्केर हेरें । मेरो छोरीको ठूलो फोटो ढोकानेर मुस्कुराउँदै थियो । मेरोजस्तै 'डिम्पल' पर्ने खोबिल्टे गाला बोकेर !
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.