एक लाख ऋणको दैनिक ५० हजार व्याज

१६ वैशाख, काठमाण्डौं । क्यासिनोमा जुवा खेल्न आउने नेपालीलाई रकम दिएर चर्को व्याज असुल्न सक्रिय रहेको अभियोगमा तीनजना महानगरिय प्रहरी वृत्त बौद्धको हिरासतमा पुगेका छन् । तीन दिनअघि पक्राउ परेका उनीहरु विरुद्ध प्रहरीले जुवा ऐनअनुसारको अभियोग लगाएको छ ।
star_logo_blackमहानगरीय प्रहरी वृत्त बौद्धले हायात होटलमा रहेको स्टार क्यासिनोमा छापा मारेर जोगबहादुर गुरुङ, श्यामहरी थापा मगर र अरुण सेढाईलाई पक्रेको थियो । प्रहरीले उनीहरुको साथवाट पाँच लाख रुपैंया समेत फेला पारेको थियो। पक्राउ परेका गुरुङ युवा संघ नेपालका केन्द्रीय नेता समेत रहेको नागरिक दैनिकमा खबर छ ।
क्यासिनोमा जुवा खेल्न आउनेहरुलाई लगानीगर्नेहरुको खोजीमा खटिएको बौद्ध प्रहरीको टोलीले उनीहरु क्यासिनोवाट बाहिरिदैगर्दा पक्राउ गरेको बताएको छ। बौद्ध बृत्तका प्रमुख मनोज केसीले होटलवाट बाहिरिँदैगर्दा पक्राउ गरेर अनुसन्धान प्रकृया शुरु गरिएको जानकारी दिए। उनले क्यासिनोमा लगानीबारे भने खुलाउन चाहेनन्।अनुसन्धानस्रोतका अनुसार जुवा खेल्न आएकाहरु हारेपछी उनीहरुसँग धितो बन्धकी लिएर एक लाखको प्रतिदिन ५० हजारसम्म ब्याज असुल्दै आएका थिए। स्रोतका अनुसार अरुण सेढाई सो समुहका प्रमुख हुन्। गुरुङ र थापा उनका सहयोगी रहेको खुलेको छ। क्यासिनोमा नेपाली प्रवेश गराएर जुवा खेलाउनु र जुवा खेल्नेहरुलाई लगानी गरी सरकारी ब्याजदर भन्दा बढी रकम लिनु गैर कानुनी हो।
अनुसन्धानस्रोतका अनुसार स्टार क्यासिनोमा आउने नेपालीलाई जुवा खेल्न पैसा लगानी गर्नेहरु १५ जनाभन्दा बढी रहेको सूचना बौद्ध प्रहरीसँग छ। स्टारमात्रै हैन, उपत्यकाका प्राय सबै क्यासिनोमा जुवाडेलाई लगानी गर्ने समूहनै सक्रिय छन्। जुवाडेको आर्थिक हैसियत अनुसार उनीहरुले एक लाखको दैनिक १० हजारदेखी ५० हजारसम्म व्याज असुल्ने गरेका जानकार प्रहरी अधिकारी बताउँछन्।
‘हारेका जुवाडेलाई उनीहरुले घर–जग्गा, वा गाडिजस्ता सामाग्रि राखेर पैसा दिन्छन्’ अनुभवी एक प्रहरी अधिकारीले भने’ व्याज तिर्दातिर्दै धेरैको घरबार डुबेको छ।’ प्राय यस्ता लगानीकर्ताहरु चल्तीका गुन्डा हुने भएकाले ऋणीसँग चर्को व्याज तिर्नुको अर्को विकल्प हुन्न।
व्याज असुल्न प्रहरी नै सहयोगी
कतिपय प्रहरी अधिकारीले समेत यीनै एजेन्ट मार्फत क्यासिनोमा लगानी गरेर व्याज असुल्न सक्रिय छन्। प्रहरीको पैसा क्यासिनोमा लगाउनेमा सिलवाल बढी सक्रिय छन् । महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रमुख नवराज ढकाल क्यासिनोमा जुवा खेल्नेलाई लगानी गरेर चर्को व्याज असुल्नेहरुको सूची संकलनको काम भइरहेको बताउँछन्।
उनले अधिकांशको नामबारे प्रहरी जानकारभएपनी पिडित र प्रमाणको अभावमा कारवाही गर्न अप्ठ्यारो भएको बताए। ‘ जबर्जस्ती कागज गरेको ३५ दिनभित्र कानुनी उपचार खोज्न सकिन्छ’ उनले नागरिकसँग भने’ तर, पिडितहरु नै प्रहरीसम्म आउँदैनन्।’
स्रोतका अनुसार क्यासिनोमा जुवा खेल्न लगानीवापत घर, गाडि लिँदा असुल्न समस्या हुन थालेपछी पछिल्लो समय उनीहरुले खाली चेक हस्ताक्षर गराएर लिने, बैदेशिक रोजगारको कागज गराउने गर्दै आएका छन्।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.