विद्यालयमा शौच गर्न घरबाटै पानी
२६ चैत, काभ्रे । काभ्रेको दुर्गम तथा विकट डाँडापारी र मिमाल क्षेत्रमा पर्ने सामुदायिक विद्यालयका शिक्ष्कले शौचालयका लागि घरैबाट पानी बोकेर जान्छन् ।

डाँडागाउँ ९ चित्तरेका ज्याति प्राविका प्रधानअध्यापक श्रीबहादुर थिङले पानीको समस्याले विद्यार्थी र शिक्षकले हैरान भएको बताए । उनले भने, ‘बिहान उठ्ने बित्तिकै खानेपानीको व्यवस्था गरेर मात्रै अरु काममा समय दिएपछि स्कूल जानुपर्छ, शौचालय जाने पनि पानी छैन, त्यो पनि घरबाटै लाने हो ।’
सालमेचाकल २ डुम्रेस्थित नेत्रज्योति प्राविका प्रधानाध्यापक हीरासिंह लामाको दिनचर्याको पहिलो प्राथमिकता पनि खानेपानीको व्यवस्था गर्नु नै हो । ‘यो ठाउँको पहिलो सम्मस्या भनेको नै पानी हो, विद्यालय जाँदा खानेपानी त जेनतेन लगिन्छ, शौचालय जान समस्या हुन्छ ।’ उनले शौचालयका लागि घरबाट व्यवस्था गर्ने गरेको बताएको खबर नयाँ पत्रिकाले छापेको छ ।
पानीको अभावका कारण यहाँ अधिकांश विदालयका शौचालय जीर्ण अवस्थामा पुगेको शिक्षकहरुको भनाई छ ।
0 comments
Write Down Your Responses