अनशनकारीलाई जबरजस्ती धरान लगियो


ansan१० दिनदेखि आमरहण अनशनमा बसेका सद्‍भावना दुई कार्यकर्तालाई प्रहरीले जबरजस्ती स्वास्थ्य जाँचको लागि धरान लगेको छ । सद्‍भावनाका कार्यकर्ताको विरोधका बीच उनीहरुलाई बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको हो । अनसनकारी दुबै जना बोल्नसमेत नसक्ने अवस्थामा छन् । सद्‍भावनाका केन्द्रिय प्रवक्ता सन्तोष मेहता र सुनसरी जिल्ला उपाध्यक्ष देवराम यादब अनशनमा बसेका थिए । प्रहरीले उनीहरुलाई उठाउन खोज्दा सद्‍भावना कार्यकतासँग केहीबेर झडप भएको थियो । प्रहरीले दुई जनालाई सदभावनाका केन्द्रीय सदस्यद्वय योगेन्द्र राय यादव र सरोज मिश्रलाई नियन्त्रणमा लिएको छ । धरानस्थित अस्पताल पुर्‍याईका अनसनकारीहरुले औषधी लिन मानेका छैनन् । जारी अनसन बिथोलिएपछि त्यही स्थानमा सद्‍भावनाका अन्य दुई जना कार्यकर्ताहरु चुन्नी खातुन र रामप्रसाद झा अनसनमा बसेका छन् ।प्रहरीले दुई जनालाई सदभावनाका केन्द्रीय सदस्यद्वय योगेन्द्र राय यादव र सरोज मिश्रलाई केही घण्टा नियन्त्रणमा लिएर छाडेको छ । धरानस्थित अस्पताल पुर्‍याईका अनसनकारीहरुले औषधी लिन मानेका छैनन् । जारी अनसन बिथोलिएपछि त्यही स्थानमा सदभावनाका अन्य दुई जना कार्यकर्ताहरु चुन्नी खातुन र रामप्रसाद झा अनसनमा बसेका छन् । इनरुवाको बस चोकमा सदभावनाका कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्ग अवरोध गर्ने प्रयास गरेपछि त्यहाँ प्रहरीले हस्तक्षेप गरेर बाटो खुलाएको छ । अनशनकारी उठाउन खोज्दा प्रहरीसँग झडप १० दिनदेखि आमरण अनशनमा बसेका सद्‍भावना दुई कार्यकर्तालाई प्रहरीले उठाउन खोजेपछि भएको झडपले अहिले सुनसरीको सदरमुकाम इनरुवा तनावग्रस्त बनेको छ । अनशनकारीलाई प्रहरीले जबरजस्ती हटाउन खोजेको भन्दै सद्‍भावना कार्यकर्ताले प्रतिकार गरेका थिए । प्रहरीले अनशनकारीको स्वास्थ्य बिग्रि‍एको भन्दै उनीहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लैजाने भन्दै हस्तक्षेप गरेको हो । प्रहरीले अनशनकारीलाई २ पठक उठाउन खोजेपनि सद्‍भावना कार्यकर्ताले दिएका थिएन। प्रहरी बल थपिएर दुवै जनालाइ उठाएको हो । अनसनकारीको अबस्था गम्भिर सद्‍भावना पार्टीका दुई कार्यकर्ताले सुनसरी सदरमुकाम इनरुवामा सुरु गरेको आमरण अनसन आज १० औ दिन पनि जारी छ । आमरण अनसन १० औ दिनमा पुग्दा अनसनकारीद्वय सद्भावनाका केन्दि्रय प्रवक्ता सन्तोष मेहता र सुनसरी जिल्ला उपाध्यक्ष देवराम यादबको अबस्था गम्भीर बनेको छ । उनीहरु राम्ररी बोल्न सक्ने अबस्थामा पनि छैनन् । अनसन १० औ दिनमा पुग्दा समेत माग सम्बोधन गर्नेतर्फ राज्यका तर्फवाट कुनै पहल नभएको भन्दै सद्‍भावना कार्यकर्ताहरु दैनिक रुपमा इनरुवामा प्रदर्शन गर्दे आएका छन् । निर्वाचनको मिति घोषणा गर्नुपर्ने, जिल्लामा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, शान्ति सुरक्षा कायम गर्नुपर्नेलगायतका माग राखी मेहता र यादबले आमरण अनसन सुरु गरेका थिए । यसैबीच, सुनसरी प्रशासनले अनसनकारीसात वार्ता गर्न तयार रहेको बताएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापाले १५ बुँदे मागमध्ये १० बुँदे राष्ट्रियस्तरका भएकाले पुरा गर्न माथिल्लो स्तरमा लेखी पठाउने तथा पाँचवटा स्थानीय मागका बिषयमा छलफल गर्न तयार रहेकोले अनसन छोडी वार्तामा आउन आग्रह गरेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.