फैजान हत्यामा मेरो संलग्नता छैनः पूर्वगृहमन्त्री गच्छदार
पूर्व गृहमन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले फैजान हत्या काण्डमा आफनो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । 'केही ठुला मिडियाले मेरो बदनाम गर्ने काम गर्यो,' उनले भने, 'घटनाको छानविन गरे हुन्छ ।' गौरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा गच्छदारले आफू गृहमन्त्री छँदा फैजान हत्या काण्डका आरोपीसँग फोनमा कुरा भएको भनि लगाएको आरोप झुठो भएको दाबी गरेका छन् । फैजान हत्यामा नाम जोडिएको घट्नाप्रति उनले भने, 'जस्तो खराब आचरणका मानिसले फोन गर्न सक्छ ।' उनले आपराधिक ब्यक्तिको फोन नउठाएको दाबी गरे । उनले पत्रकार सामु भने, 'गृहमन्त्री भएको बेला 'पिएसओ'ले फोन उठाउने गर्थे तर मैले त्यस्ता ब्यक्तिको फोन उठाइन् ।' फैजान हत्याका बारेमा पत्रकार प्रश्न सोध्दा गच्छदार निकै आवेगमा आएका थिए । उनले केही ठूला मिडीयाहरुले आफु बिरुद्ध कपोकल्पित र भ्रामक प्रचारवादी गरेको आरोप लगाए । छवि बिग्रिएका लोकामान सिंह कार्कीको बचाउ गर्दै गच्छदारले भने अख्तियार प्रमुख कार्कीले देशमा भइरहेको भ्रष्टाचार नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्ने हुनाले उनको बारेमा अनावश्यक कुरा नउठाउन संचारकर्मीलाई आग्रह गरे । उनले चार दलको सिफारीसमा कार्कीलाई अख्तियार प्रमुख बनाएको वताए । देशमा संविधान सभाको निर्वाचन मंसिरमा नभए जटिल अबस्था आउने बताए । उनले ठूला दलहरुका कारण समस्या आएको आरोप लगाए । तमोपाका केन्द्रीय नेता गोविन्द चौधरी लगायतका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउन रौतहट आएका गच्छदारले ठूलादलको मधेसलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses