बम पड्काउने किशोरीहरूको प्रिय


bostan bisfotअमेरिकाको बोस्टन बम विस्फोटका जीवित अभियुक्त किशोरीहरूको मुटुको धड्कन बन्न पुगेका छन् । ज्यान लिनेसम्मको अक्षम्य अपराध गर्नेप्रति नवयौवनाहरूको आकर्षले अचम्म पारे पनि सोसियल नेटवर्किङ साइटमा पोस्ट गरिएका सन्देशहरूले यसलाई प्रमाणित गर्छ । समाचार विश्लेषकहरूले यसलाई विरक्तिलाग्दो फेसनको संज्ञा दिएका छन् । थुप्रै किशोरीहरूले चेचेनबाट अमेरिका प्रवेश गरेर विध्वंश मच्चाएका युवक जोखर सारनाएफलाई फेसबुक र टि्वटरमा प्रेमपत्रको थुप्रो लगाउँदै उनलाई निर्दोष बताएका छन् । छरछिमेकमा असल काममा लागेका भलाद्मी, इमानदार र स्पष्ट बोल्ने पुरुषलाई हेर्दाखेरी नाक र मुख बंग्याउने युवतीहरूले अपराधी चरित्रलाई मन पराएको यो पहिलो घटना भने होइन । युवापिँढीको नकारात्मकतर्फको झुकाव र बुद्धिहीन सोचलाई पनि यसले दर्साउँछ । युवक जोखरप्रति केटीहरूको आकर्षण धेरै बढेको छ । उनीहरूले सर्च इन्जिनमा प्रख्यात सेलिब्रेटीलाई छाडेर उनलाई नै खोजिरहेका हुन्छन् । बैंसको उन्मादमा बुद्धि गुमाएकी थुप्रैले शरीरमा उनको नाउँको ट्याटु खोपाएका छन् । निर्दोष जोखरलाई दया गरेर माफी दिनुपर्ने किशोरीहरूले माग गरेका छन् । केहीले ' तिम्रो धेरै सम्झना आइरहेको र पर्खिरहेको' सम्म लेखेका छन् । विस्फोटपछि एक फेसबुक समूहले जोखरलाई निर्दोष बताउँदै सन्देश लेखेको थियो । तत्कालै आश्चर्यजनक ढंगले यो समूहसँग ८ हजार व्यक्ति जोडिएका थिए । प्रहरी कारबाहीमा जीवित बचेका उनलाई केही युवतीले भाइ सम्बोधन गरेर पनि सन्देश पठाएका छन् । प्रहरीसँगको जवाफी कारबाहीमा उनको दाजु तामेरलानको मृत्यु भएको थियो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.