बलात्कारी जोगाउन चिकित्सक सक्रिय'
एक भारतीय नागरिकले बलात्कार गरेको स्वीकार गरेपनि अस्पतालले प्रष्ट रिपोर्ट नदिँदा पीडित वालिकाले न्याय पाउन सकेकी छैनन् ।
गएको बैशाख १४ गते सप्तरीको कन्चनपुरमा रहेको पसलमा सामान किन्न आएकी १० वर्षकी वालिकालाई बलात्कार गरेको आरोप लागेका हरेन्द्र देवले आरोप स्वीकार गरेपनि अस्पतालकै रिपोर्टका कारण अन्यौल भएको छ ।
अस्पतालले एक साता लगाएर तयार गरेको रिपोर्टमा बलात्कार भएको भनेर प्रष्ट नभन्दा समस्या देखिएको स्थानीयबासिन्दाले बताएका छन् ।
खैनी किन्न गएकी बालिका देवकै घर नजिकै अचेत अवस्थामा भेटिएकी थिइन् । बालिकाले होसमा आएपछि दिएको जानकारीका आधारमा प्रहरीले देवलाई भारदहबाट पक्राउ गरेको थियो । देव अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा छन् ।
अस्पतालको रिपोर्ट भन्छः बालिकालाई केही भएको छैन
अस्पतालका डा. शैलेशकुमार झासहित पाँच जना वरिष्ठ चिकित्सकको टोलीले तयार पारेको मेडिकल रिपोर्टमा भने बालिकालाई केही नभएको उल्लेख गरिएको छ । रिपोर्टमा बालिकालाई बलात्कार भएको हो/होइन भन्ने कुरा उल्लेख नगर्दा आरोपीलाई के कस्तो मुद्दा दायर गर्ने भन्ने विषयमा प्रहरीसमेत अन्यौलमा देखिएको छ ।
रिपोर्टमा पीडितलाई जबरजस्ती करणी भएको छ, छैन, यकिन साथ भन्न नसकिने उल्लेख छ । स्रोतका अनुसार मुद्दालाई दबाउन चिकित्सकहरुले त्यस्तो रिर्पोट तयार पारेर जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन् ।
अस्पतालले पीडकलाई बचाउन खोजेको आरोप
बलात्कारका आरोपी हरेन्द्र स्वास्थ्यकर्मी भएकै कारण मुद्दालाई कमजोर पार्दै पीडकलाई उन्मुक्ति दिन चिकित्सकहरुले यस्तो षड्यन्त्र गरेको पीडित परिवारको आरोप छ ।
पीडक देव सप्तरीको गोवरगाढा गाविसस्थित उपस्वास्थ्य चौकीको प्रमुखका पदमा कार्यरत छन् । बलात्कारको घटना लगत्तै
त्यहाँ पुगेका स्थानीय बासिन्दाहरुले अचेत अवस्थामै पीडित बालिककाको उद्धार गरेका थिए । स्थानीय महिलाहरुले पीडित बालिकाको यौनांग सुन्निएको र रगताम्य भएको बताएका छन् । तर हाल अस्पतालको त्यस्तो रिपोर्ट बारे थाहा पाएपछि उनीहरु आक्रोशित भएका छन् ।
त्यहाँ पुगेका स्थानीय बासिन्दाहरुले अचेत अवस्थामै पीडित बालिककाको उद्धार गरेका थिए । स्थानीय महिलाहरुले पीडित बालिकाको यौनांग सुन्निएको र रगताम्य भएको बताएका छन् । तर हाल अस्पतालको त्यस्तो रिपोर्ट बारे थाहा पाएपछि उनीहरु आक्रोशित भएका छन् ।'धेरै रिपोर्ट यस्तै हुन्छन्'
जिल्ला प्रहरी कार्यालय सप्तरी भन्ने पछिल्लो डेढ वर्ष यता बलात्कारबारेको मेडिकल रिपोर्टहरु यस्तै रहने गरेको जनाएको छ । जिल्ला प्रहरीस्थित मुद्दा फाँटमा लामो समयदेखि कार्यरत एक अनुसन्धान अधिकृतले भने ‘अस्पतालबाट आउने सबै रिपोर्टहरुमा अक्षर र कमा समेत फरक नपर्ने गरी यस्तै ढुलमुले रिपोर्ट आउने गरेको छ ।’
मेडिकल रिपोर्टका कारण पीडकलाई कारबाहीको दायरामा ल्याउन समेत समस्या हुने गरेको ती अनुसन्धान अधिकृतको गुनासो छ । डा. शैलेशकुमार झाले बलात्कारका केसमा तयार पार्ने मेडिकल रिपोर्टहरुमा यस्तै लेख्ने चलन रहेको बताउनुभयो ।
पीडक स्वास्थ्यकर्मी भएकाले बचाउन ढुलमुले रिपोर्ट तयार पार्नु भएको हो कि भन्ने जिज्ञासामा डा.झाले भन्नुभयो ‘हामीले पीडकबाट एक रुपैयाँ पनि खाएको छैन, न त कसैलाई जोगाउन खोजेका नै हौ ।’
बलात्कार आरोपी देवलाई उनकै ससुरा श्यामनारायण देवले छोरा बनाएर नेपाली नागरिकतासमेत दिलाएका छन् ।



0 comments
Write Down Your Responses