ठमेलमा गएराति भिषण आगलागी, करोडौँको क्षति


राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा भएको भिषण आगलागी रातभरको प्रयासपछि आज बिहान करिब नौ घण्टापछि नियन्त्रणमा लिइएको छ। आगो निभाउन उपत्यकाका तीनै जिल्लाका दमकलले नपुगेर दुई दर्जनभन्दा बढी पानीका निजी ट्याङ्कर पनि प्रयोग गरिएका थिए।  आगलागीबाट करोडौँको क्षति भएको प्रारम्भिक अनुमान गरिए पनि मानवीय हताहतीको खबर छैन। 
आगलागीले ठमेलको प्रख्यात पुस्तक पसल पिलग्रिम बुक हाउसका अधिकांश पुस्तकहरु पनि जलेर नष्ट भएका छन्। शेरबहादुर शाही र अजय शाहीका तीन घर जलेर नष्ट भएका छन्। 
आगो लाग्नुको यकिन कारण थाहा हुन सकेको छैन। तर ग्यास सिलिन्डर विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन्।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता हेमन्त पालका अनुसार फेसेस क्लबबाट आगो सल्कन सुरु भएको थियो। आठ घण्टापछि आज बिहान साढे ६ बजेसम्म पनि ७० प्रतिशत मात्रै आगो नियन्त्रणमा आएको उनले बताएका थिए। उनका अनुसार हालसम्म २० करोड मूल्यबराबरको धनमाल जलेर क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। 
भिडियो सौजन्यः दीपेश महर्जन। उनका अनुसार करिब १२ वटा ग्यास सिलिन्डर विस्फोट भएका थिए भने सात वटा भवनमा आगो सल्किएको छ। 

भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.