नेपाल विद्युतीय फोहोरको ‘डम्पिङ साइट’ बन्दै
३ जेठ, काठमाण्डौं । प्रयोगमा नआउने गरी बिगि्रएका कम्प्युटर, मोबाइल सेट, टेलिभिजन, फोटोकपी र पिन्टर मेसिनजस्ता करोडौं थान विद्युतीय उपकरण थुपि्रने क्रम बढेपछि नेपाल विद्युतीय फोहोरको डम्पिङ साइट बन्ने खतरा बढेको छ ।
जनस्वास्थ्य एवं वातावरण प्रवद्धन केन्द्र र फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले गरेको अनुसन्धानले विद्युतीय फोहोरबारे गम्भीर तथ्यहरु बाहिर ल्याएको छ । ‘नेपाली समाज विद्युतीय फोहोर थुपार्ने थलोका रुपमा चिनिँदैछ ,’ केन्द्रका काुनन अधिकृत तथा अध्ययनकर्ता दीपेन्द्रबहादुर ओलीले भने, ‘सरकार र सम्बन्धित निकायसँग प्रष्ट योजना र नीति नहुँदा नेपालमा विद्युतीय फोहोरको समस्या दिनानुदिन बढ्दो छ ।’
नेपाल सस्ता र निकै कम आयु भएका विद्युतीय सामानमा निर्भर रहे पनि बिगि्रएपछि निर्यात गर्ने सरकारी नीति छैन । वैदेशिक रोजगारीमा गएकाले पठाएको रेमिट्यान्स र प्रतिव्यक्ति आय वृद्धिसँगै बढेको कमसल तर धेरै विद्युतीय उपकरण उपभोग प्रवृत्तिले यस्तो समस्या आएको अध्ययनले देखाएको खबर कारोबार दैनिकले छापेको छ ।
0 comments
Write Down Your Responses